दुःखी जिन्दगी

0
133

खाउ–खाउ र लाउ–लाउ उमेरमा
दुःखले घेरियो मलाई
हाँसो खुशी समेट्नु पर्नेमा
बेदनाले बेरियो मलाई

दुःखको यस भुँमरीमा
सुख खोज्दै हिँड्नु परेको छ
मेरो यो दुःखी जिन्दगीमा
एक्लै बाँच्नु परेको छ

कस्तो रहेछ भाग्य यो
कर्मको लेखा यस्तै हो कि
भनी चित्त बुझाउनु परेको छ
जिन्दगी नै कस्तो रहेछ
अनेक दुःख आउँदा पनि
बाध्यताले जिउनु परेको छ

अब त हार खान थाली सकेँ
दुःखी जिन्दगी जीउन
आदत् बनाइसके
सबैको हेला सहेर भए पनि
यो जिन्दगीमा सधँैभरि
बाँच्न जानिसके

मेचीनगर–१२, झापा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here