झापा । झापाकने दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय बिनोद चौलागाईको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ।
प्रहरीका अनुसार मंसिर २५ गते दिउँसो करिब ३ बजे चौलागाई अत्यधिक मदिरा सेवन गरी दमक–६ स्थित बोका हाउस अगाडि लडिरहेको अवस्थामा स्थानीयवासीहरूले फेला पारेका थिए। त्यसपछि उनका भाइ योगेन्द्र चौलागाईले उनलाई घर लगेका थिए।
तर, आज बिहान करिब ९:३० बजे स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। अस्पतालमा पु-याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
मृतकको शव कानूनी प्रक्रिया पूरा गरी दिउँसो करिब १:३० बजे पोष्टमार्टम (विसरा परीक्षण) का लागि दमक अस्पतालमै पठाइएको र पोष्टमार्टमपछि शव भाइ योगेन्द्र चौलागाईले बुझिलिएको प्रहरीले जनाएको छ ।



























