केस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

0
61

काठमाडौं,

उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्।

उनीले अभिनय गरेको गीत ‘तिमी बिना’ मा देखाएको दमदार प्रदर्शनका लागि यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक साउगात जंग खड्काको स्वर रहेको छ।

कार्यक्रम राजधानीको नेपाल प्रहरी क्लबमा भव्य रूपमा सम्पन्न भएको थियो । यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका चर्चित अनुहारहरूमा गणना हुन थालेका छन्।

साथै, उनी इलाम जिल्लाको सूर्योदय नगरपालिका–१०, फिक्कल निवासी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here