नेसनल प्याब्सन मोरङको जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न

0
36

सुन्दरहरैंचा (मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मोरङले जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा मोरङ जिल्लाभरिका १८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम नेसनल प्याब्सन मोरङका उपाध्यक्ष पर्वत राईको अध्यक्षतामा सुरु गरिएको थियो भने नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेको थियो ।
प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थी (जुनियर समूह) र कक्षा ६ देखि १० सम्मका विद्यार्थी (सिनियर समूह) गरी दुई समूहमा विभाजित थियो।

जुनियर समूहमा १३, र सिनियर समूहमा १४ टोली सहभागी भएका थिए । प्रत्येक वर्ष नेशनल प्याब्सन मोरङले विद्यार्थीको क्षमता विकाससँगै विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको छ । आगामी दिनमा अझ धेरै कार्यक्रम ल्याउने तयारी भइरहेको नेशनल प्याब्सन मोरङका उपाध्यक्ष पर्वत राईले जानकारी दिए ।

निजी विद्यालयहरूको गुणस्तर सुधार, विद्यार्थीको क्षमता विकास, शिक्षक तालिम, र विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलाप संचालन गर्ने र शिक्षा क्षेत्रमा समन्वय गर्दै विद्यालय, अभिभावक र समुदायबीच सहयोग बढाउने कार्यमा पनि प्याब्सन सक्रिय रूपमा गर्दै आएको नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण प्रसाद ढकालले बताए।

प्रतियोगितामा अरिहन्त इंगलिस स्कूल, विराटनगर–४ जूनियर तथा सिनियर दुवै समूहमा प्रथम स्थान हासिल गरेको छ । जूनियर समूहतर्फ इन्द्रपुर इंगलिस बोर्डिङ स्कूल (सुन्दरहरैंचा–१२) द्वितीय, लालीगुराँस इंगलिस स्कूल (बुढीगंगा–३) तृतीय र जेभियर इंगलिस बोर्डिङ स्कूल (बेलबारी–२) ले सान्त्वना स्थान प्राप्त गरेको छ ।

सिनियर समूहमा मनकामना इंगलिस बोर्डिङ स्कूल (विराटनगर) द्वितीय, मोरङ ज्ञानोदय इंगलिस बोर्डिङ स्कूल (बेलबारी–११) तृतीय र ग्रीन पीस एकेडेमी (विराटनगर) सान्त्वना स्थानमा प्राप्त गरेका छन । बिजेताहरुलाई ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगितामा नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनाल, विभिन्न जिल्लाका नेसनल प्याब्सन अध्यक्ष, पालिकाका अध्यक्ष साथै, प्याब्सनका पदाधिकारी, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here