माछापुच्छ«े बैकको सेवा अब गाउँ–गाउँमा

0
710

बिर्तामोड, वैशाख २३ । माछापुच्छ«े बैक लिमिटेडले ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा वैंकिङ सेवा उपलब्ध गराउन शुरु गरेको छ । गाउँ गाउँमा वित्तीय सेवा पु¥याउने उद्देश्यले झापाका विभिन्न १३ स्थानमा एक साथ वंैकले शाखा सहित वैंकिङ सेवा सुचारु गरेको हो । ग्रामीण क्षेत्रमा वैंकले शाखा विस्तार गरेसंगै ग्रामीण क्षेत्रका सेवाग्राहीले समेत सहज रुपमा वैकिङ सेवा लिन सक्ने वैंकका वाह्रदशी शाखाका प्रवन्धक डिल्लीराम खनालले बताए । उनले भने– माछापुच्छ«े बैकले अब गाउँवाटै सेवाग्राहीले सम्पूर्ण वैकिङ सेवा खाता खोल्ने, निक्षेप जम्मा गर्ने, भुक्तानी लिने, रकमान्तरण गर्ने, विल भुक्तानी, विप्रेषण सेवा, कर्जा सिफारिस जस्ता सेवा पाउँछन् ।
माछापुच्छ«े बैकले विगत १९ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको बताइएको छ । वैंकका प्रदेश नम्वर १ का प्रवन्धक अजय आचार्यका अनुसार वैंकले एक सय वटा शाखा कार्यालय, ९७ वटा शाखा रहित वंैकिङ सेवा, र १२० वटा एटिएमबाट देशभर वैकिङ सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here