पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

0
441

पाँचथर ।

पाँचथर जिल्ला साविक आरुबोटे गाविस हाल मिक्लाजुङ्–३ मा दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरि मध्यान्ह राती हत्या भएको छ ।

गाउँमा सबै मानिसहरु निदाईको समयमा सो हत्या भएको देखिन्छ । सो क्रममा एक बालिका भने हत्याराहरुबाट भाग्न सकेको बालिककाको हात लगायत ठाउँमा गम्भीर चोट लागेको छ ।

बालिकाले नै सो घटनाबारे स्थानीयलाई बताएपछि घटना पुस्टिभएको हो । स्थानीय भानु फियाकले घटना अत्यन्तै क्रुरतापूर्ण भएको, कल्पनै गर्न नसिकिने विगतमा राजदरबार हत्याकाण्ड पछिकै ठूलो भएको बताएका छन् ।

हत्यागरिएकामा ७४ बर्षिय बमबहादुर फियाक, श्रीमती पुर्चीमाया फियाक, ४१ बर्षीय धनराज सेर्मा, ३६ बर्षीय जस्मिता फियाक, २६ बर्षीया मनकुमारी फियाक, १३ बर्षीय योवना सेर्मा, ८ वर्षीया मुना सेर्मा, ६ वर्षीय इक्सा सेर्मा, १२ वर्षीय आशिका खजुम रहेका छन् । १२ वर्षीय सीता खजुम भने भाग्न सफल भएकी छन् घाइते खजुमको उपचार भईरहेको वताईएको छ ।

प्रदेश प्रहरी प्रमुख, पाँचथरका प्रजिअ, जिल्ला प्रहरी कार्यालय पाँचथर, झापा लगायत इलाका प्रहरी कार्यालय रवि, आरुबोटे प्रहरी चौकी लगायत स्थानबाट सुरक्षा कर्मीहरु खटिरहेको पाँचथर प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताएका छन् ।

फिदिमबाट ६० किमी र झापाबाट पनि करिब ६० किमी उत्तरभएको हुँदा समयमै सुरक्षा परिचालन गर्न नसकिएता पनि घटनाको सत्यतथ्य छानविन गरी हत्यारालाई कानुनी दायरामा ल्याउने बताएका छन् । हत्या कसले किन गरेको खुल्न सकेको छैन । गाउँपालिका अध्यक्ष अमर माखिम लगायत स्थानीय जनप्रतिनिधिहरु घटना स्थल पुगिसेको वताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here