सूर्याेदयमा मेयरकप फुटवल

0
436

गोपाल अधिकारी
इलाम, दोश्रो सूर्योदय नगरपालिका मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता २०७६ आजवाट सूर्योदय नगरपालिका वडा न.ं १२ करफोक मा.वि को खेल मैदानमा शुरु भएको छ ।
सूर्योदय नगरपालिका कि उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको खेलको प्रमुख आतिथ्यता प्रदेश नम्बर एकका प्रदेश सदस्य काजिमान कागतकोे रहेको थियो । कार्यक्रमा इलाम जिल्ला समन्य समितिका उपप्रमुख चित्र कला वराइली , अर्जुनधारा नगरपालिका नगरप्रमुख हरिकुमार राना ,एन्फा केन्द्रीय सदस्य निरोज खड्की, इलाम जिल्ला खेलकुद संघका उपाध्यक्ष दिपेश गुरुङ्ग इलाम जिल्ला फुटबल संघका उपाध्यक्ष मणि कुमार गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सुर्योदय नगरपालिका वडा नम्बर १० तथा दोश्रो सुर्योदय नगरपालिका मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता २०७६ का मूल आयोजक समितका संयोजक पेमा उगेन लामाले स्वागत मन्तव्य राखेका थिए । खेलको उत्घाटन प्रमुख अतिथि वाट प्रमुख रेफरी लोक राज ढुङ्गाना लाई बल हस्तान्तरण गरेर गरेका थिए ।
खेलमा अर्जुनधार नगरपालिले आयोजक टिम संग फराकिलो अन्तरका साथ हार बेहोनु परेको थियो । आयोजक सुुर्योदय नगरपालिकावाट संगम यल्मु,पेमा यल्मु,संजोक खड्गा र आशिष राई ले गोल गरेर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
खेलमा इलाम का चार नगरपालिका सुर्योदय,इलाम,देउमाई र माई नगरपालिका सहभागी रहने छन् भने झापा वाट अर्जुनधारा,कन्काइ,शिवसताक्षी र दमक नगरपालिका सहभागी रहने छन् ।
उक्त खेलमा प्रथम विजेतालाई रु २ लाख मेडल,प्रमाण र ट्रफी दोेश्रो विजेता लाई रु १ लाख मेडल,प्रमाण र ट्रफी प्रदान गरिने छ । खेलमा उत्कृष्ट गोल रक्षक,सवार्धिक गोलकर्तालाई नगद रु आठ हजार दिने आयोजक समिति ले जानकारी गराएको छ । आज हुने पहिलो खेलमा दमक नगरपालिका झापा र देउमाई नगरपालिका इलाम र दोश्रो खेलमा कन्काई नगरपालिका झापा र इलाम नगरपालिका इलाम हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here