अमेरिका जान सामाजिक सञ्जालका गतिविधि खुलाउनुपर्ने

0
881

झापा ।

अमेरिकाको भिसा चाहने अधिकांशले अब आफू आबद्ध सामाजिक सञ्जालका गतिविधिहरु खुलाउनुपर्ने बाध्यकारी नयाँ नियम लागू गरिएको छ ।

अमेरिकी राज्य विभागको नयाँ नियम अनुसार अमेरिकाको भिसाको लागि आवेदन दिने सम्पूर्णले आफ्नो पूरा नाम र ५ वर्षयताका ईमेल ठेगाना र फोन नम्बर दिनुपर्नेछ । ट्रम्प प्रशासनले गत वर्ष प्रस्ताव गरेको यस नियमका आधारमा वार्षिक १ करोड ४७ लाख मानिसहरु प्रभावित हुने अनुमान गरिएको छ ।

सर्वसाधारणका लागि बाध्यकारी यो नियम केही कूटनीतिक तथा विशेष भिसा प्रस्तावकहरुको हकमा भने लागू नहुने बीबीसीले उल्लेख गरेको छ । अमेरिकामा काम गर्न र पढ्न जानेहरुले ईन्टरनेटका आफ्ना सम्पूर्ण विवरणहरु पेश गर्नुपर्नेछ ।

यदि कसैले झूठो विवरण पेश गर्ने त्यसको परिणाम नराम्रो हुने अमेरिकी अध्यागमन विभागको भनाई छ । यद्यपि, अधिकारवादी समूह, अमेरिकी नागरिक स्वतन्त्रता यूनियनले यस्तो प्रकारको मिडिया अनुगमन प्रभावकारी नहुने बताएको छ ।-बीबीसी नेपालीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here