पूर्वी नाकाबाट विस्फोटक पदार्थसहित नेपाली नागरिक पक्राउ

0
513

पार्थ मण्डल/झापा । नेपाल–भारतको बोर्डरमा बारुदजन्य विस्फोटक पदार्थससहित एक जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।

काँकडभिट्टा–पानीट्याङ्की नाकामा तैनाथ भारतीय एसएसबी ४१ बटालियन टोलीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुर बस्ने ३३ वर्षीय प्रसाद राईलाई पक्राउ गरेको हो ।

एसएसबीले राईको साथबाट बारुदजन्य विस्फोटक पदार्थ नेगेल (९०) को ४० प्याकेट, १०० पिस विद्युतीय डेटोनेटर, नेपाली नागरिकको परिचयपत्र, मोबाइल फोन लगायतका सामग्री बरामद गरेको जनाइएको छ ।

मेघालयको सिलंगबाट नेपाल फर्किन लागेका राईमाथि एसएसबीले बोर्डरमा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा विस्फोटक पदार्थ बरामद गरिएको एसएसबीका कमान्डर राजीव राणाले जानकारी दिए ।

विस्फोटक पदार्थसहित पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइसकेको कमान्डर राणाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here