झापा क्षेत्र नं. ३ ‘क’ मा १५ करोडको योजना

0
476

बिर्तामोड।

प्रदेश नं. १ सरकारले झापा क्षेत्र नं. ३ ‘क’ का लागि करिब १५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

झापा क्षेत्र नं. ३ ‘क’ का प्रदेश सांसद बसन्त बानियाँको पहलमा उक्त बजेट विनियोजन गरिएको हो । विनियोजित बजेट अन्तर्गत बागाडाँगी उत्तर बालुबाडी–हल्दिबारी सडकका लागि पाँच करोड, सिगीमाटीबाट बालुबाडी–पथरिया जाने सडकका लागि ७६ लाख, कमलधाप संयुक्त धार्मिक स्थलका लागि एक करोड, बालउद्यान बनियानीका लागि ५० लाख, दियालो सिमसारका लागि ४० लाख, अन्धुवा खोला पुल, घेराबारीका लागि ५३ लाख, देवनीया खोला झोलुङ्गे पुलका लागि ३० लाख, केचना–सगरमाथा आधार शिविर जोड्ने सडकका लागि एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै बनियानी खानेपानीका लागि ४५ लाख, बालुबाडी खानेपानीका लागि ७५ लाख, सुकुनाडिकी खानेपानीका लागि ५० लाख, केचना खानेपानीका लागि ३५ लाख, पथरिया खानेपानीका लागि ३० लाख, महेशपुर खानेपानीका लागि १५ लाख, पाठामारी खानेपानीका लागि १२ लाख, केचना डिप ट्वुबेलका लागि २५ लाख, भद्रपुर–महेशपुर डिप ट्वुबेलका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै घेराबारी खानेपानीका लागि २० लाख, मेची अञ्चल अस्पतालमा ज्येष्ठ नागरिकका लागि २० लाख, मेची अञ्चल अस्पताल सामाजिक सेवाका लागि २० लाख, मेची अञ्चल अस्पताल एकद्वार सडकका लागि १५ लाख, कचनकवल शहीद स्मृति प्रतिष्ठानका लागि १० लाख, सामुदायिक सेवा मञ्च भद्रपुरका लागि १५ लाख, सामुदायिक भवन बनियानीका लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै किच्चकबधका लागि १० लाख देउनीया–पथरिया सिँचाईका लागि आठ लाख ४६ हजार, देउनीया खोला नियन्त्रण (वडा नं.१,२,७,८)का लागि १२ लाख ५० हजार, आदर्श जनजागृति सिँचाई भद्रपुरका लागि १५ लाख, आपगाछी बाघडुंग्रा सिँचाईका लागि १५ लाख, त्रिवेणी पुल भद्रपुर–१ का लागि एक करोड ५० लाख र पाठामारी डिप बोरिङ खानेपानीका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ ।

प्रदेश सांसद भएपछि आफ्ना क्षेत्रको विकास निर्माणको योजना प्रदेश सरकार समक्ष प्रस्तुत गरेको र सोही बमोजिम उक्त रकम विनियोजन भएको प्रदेश सांसद बसन्त बानियाँले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here