जेसीज पूर्व अध्यक्ष समाजको चौथो सभा: वीरता जेसीजलाई उत्कृष्ट शाखा पुरस्कार

१६ असार २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

झापा जिल्लामा क्रियाशील १४ वटा जेसीज शाखाहरुका पूर्व अध्यक्षहरुको संगठन जेसीज पूर्व अध्यक्ष समाज झापाको चौथो वार्षिक साधारणसभा बुधबारेमा सम्पन्न भएको छ ।

बुधवारे जेसीजको आतिथ्यतामा भएको साधारणसभामा वीरता जेसीजलाई वर्ष २०१८ को उत्कृष्ट शाखा पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रममा वीरता जेसीजलाई वर्ष उत्कृष्ट शाखा पुरस्कारसहित नगद १५ हजार समेत प्रदान गरिएको थियो ।

समाजका जिल्ला अध्यक्ष सिनेटर विनोद बस्नेतको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक बुधवारे जेसीजका निवर्तमान अध्यक्ष प्रकाश भण्डारीले स्वागत गरेका थिए ।

बुधबारे जेसीजका कोषाध्यक्ष कृष्ण ढकालले आस्था बाचन गरेको कार्यक्रममा जेसीआई मिसन भिजन बुधवारे जेसीजका उपाध्यक्ष नविन कोइरालाले वाचन गरेका थिए ।

कार्यक्रममा धुलाारी जेसीजका पूर्व अध्यक्ष ऋषीराज तिम्सिनालाई मेची उद्योग वाणिज्य संघको अध्यक्ष तथा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन चिमरियालाई सुरुङ्गा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो । सम्मान कार्यक्रमको सञ्चालन समाजका जिल्ला उपाध्यक्ष तथा सम्मान छनौट समितिका संयोजक रमेश पोखरेलले गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन समाजका कोषाध्यक्ष इन्दिवर खड्काले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल, नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडा, बुधवारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, वीरता जेसीजका अध्यक्ष विशाल थापा, भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडा , उद्योग वाणिज्य संघ प्रदेश संयोजक नरेन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा १३ जना जेसीजका पूर्व अध्यक्षलाई जेसीजको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा चारआली जेसीजका महासचिव सञ्जय निरौलाले एरिया ‘ए’ का महासचिवहरुको तालिम साउन १० र ११ गते गरिने जानकारी गराएका थिए । जेसीज पूर्व अध्यक्ष समाज झापाको वर्ष २०२० को पाचौँ साधारणसभा मेचीनगर लेडी जेसीजले गर्ने भएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रमको सञ्चालन समाजका महासचिव विष्णुप्रसाद रिमालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here