विप्लव माओवादी विरुद्ध सरकार आक्रमक, संखुवासभामा गोलीहानाहान

0
503

झापा ।

सरकारले प्रतिबन्ध लगाएर धमाधम पक्राउ गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादी आक्रमक रुपमा देखा पर्न थालेको छ । विप्लव माओवादीले प्रदेश–१ मा आफ्नो गतिविधिलाई तिब्र बनाएको छ ।

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि एकजना कार्यकर्ता पक्राउ परेका छन् ।गस्तीमा रहेको प्रहरीले घटनास्थल भन्दा केही परको साविकको सिसुवाखोला गाउँविकास समिति, तेन्छोबाट विप्लवका एक कार्यकर्तालाई पक्राउ गरेको हो ।

सुरक्षा स्रोतका अनुसार गस्तीका क्रममा विप्लवका ती कार्यकर्ता पक्राउ परेका हुन् । सदरमुकाम खाँदबारीमा जिल्ला सुरक्षा समितिको बैठक चलिरहेकाले प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र अन्य सुरक्षा अधिकारीले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिएका छैनन् । गोली हानाहानपछि काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छन । तीनै हेलिकोप्टरबाट काठमाडौँबाट प्रहरीको टोली पनि सिलिचोङमा उतारिएको सुरक्षा स्रोतले जनाएको छ ।

सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका हुन् । सेनाका हेलिकोप्टरसँगै सदरमुकामबाट सशस्त्र प्रहरीको २० जनाको टोली स्थल गस्तीमा छ । त्यसैगरी प्रहरी निरीक्षकको कमाण्डमा थप १७ जनाको टोली पनि घटनास्थलतर्फ परिचालित भएको छ ।

ताम्कु र सिसुवाबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भएको छ । सिलिचोङ गाउँपालिका–१ का वडाअध्यक्ष लक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको बताएका छन् । उनका अनुसार अटोमेटिक राइफलबाट मकै पड्के जस्तै गोली चलेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here