झापामा तीन वटा कार्यालयमा एक जना कार्यालय प्रमुख

0
725

दमक।

झापाका एक बरिष्ठ कृषि विकास अधिकृतले संघीय सरकारका तीन वटा कार्यालयका प्रमु्खको जिम्मेवारी सम्हाल्दै आएका छन् । त्यो पनि फरक–फरक नगरपालिका तथा गाउँपालिकामा ।

बरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापा संघीय सरकारको तीन वटा कार्यालयको प्रमुख बनेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन कार्यान्वयन इकाइ बनियानीका प्रमुख रहेका थापाले कृषि विकास फार्म चन्द्रडाँगी शिवसतासी, कृषि थोकबजार बिर्तामोडको समेत अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले केही अगाडिसम्म अर्को एउटा कार्यालयको पनि प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

समय निकाल्न धेरै मुश्किल भइरहेको छ –उनले भने । कार्यालय समयभन्दा बाहिरको समय पनि कार्यालयमा जानुपर्ने र अवस्था बुझ्नुपर्ने भएको उनले बताए । तीन वटै कार्यालय संघीय सरकारको भएकाले अन्य कर्मचारी नपठाएका कारण कृषि फार्म र थोक बजारको जिम्मेवारी सम्हाल्नु परेको उनको भनाइ छ ।

सुपरजोन बाहेक दुईवटै कार्यालय अस्तब्यस्त रहेका छन् । मुख्य आफ्नो कार्यालयलाई समय दिनै पर्यो, अन्य कार्यालयहरु अस्तब्यस्त नै रहेका छन् –थापाले भने । धान सुपरजोनको कार्यक्षेत्र पनि बढाएर जिल्लाभर बनाएकाले अझ ब्यस्त हुनुपर्ने अवस्था रहेको पनि थापा बताए ।

दुईवटा कार्यालयमा बेलामौका जाने गरेको र आफ्नो मुख्य कार्यालयमा नै बसेर धेरैजसो कार्यसम्पादन गरिरहेको थापाले बताए ।

कृषि अन्तर्गतका तीनवटै कार्यालय संघीय सरकार मातहत रहेको र बरिष्ठ कृषि विकास अधिकतम् जिल्लामा थापामात्र रहेकाले सबै कार्यालयको जिम्मेवारी उनले नै पाएको बताइन्छ । अब नयाँ कर्मचारीहरु आएर काम गर्नुहुन्छ होला, तर अहिलेसम्म कोही पनि कर्मचारी नपठाउँदा समस्या भएको हो –थापाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here