बिर्तामोड।

वीरता लेडी जेसीजले नेपाल जेसीजको कार्यक्रम अन्तरगत शुरु गरेको जेसीज सप्ताह कार्यक्रम समापन गरेको छ ।
जेसीज सप्ताह कार्यक्रमको समापनमा वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो । हाजिरीजवाफ प्रतियोगितामा हिसान अन्तर्गत ११ र १२ कक्षाका विद्यार्थीबीच प्रतिष्पर्धा गराइएको थियो ।
प्रतियोगितामा छ वटा विद्यालयको सहभागिता रहेकोमा कोहेड स्कूल, प्रथम, कञ्चनजंघा हाइयर सेकेण्डरी स्कूल दोस्रो र एमिटी एजुकेशन फाउण्डेशन तेस्रो भएका थिए । प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक स्वस्तिका आचार्य र गोमेन्द्र महा बिद्यालयका को–अर्डिनेटर शेखर पाण्डेले गरेका थिए ।
त्यस्तै सोही दिन भएको वक्तृृत्वकला प्रतियोगितामा छ वटा विद्यालयको सहभागिता रहेकोमा कञ्चनजंघा हाइयर सेकेन्डरी स्कूलका अभिषेक सुवेदी प्रथम, न्युटन्स् एजुकेशन एकेडेमीकी करिना बस्नेत दोस्रो, कञ्चनजंघा हाइयर सेकेन्डरी स्कूलकै विद्या रेग्मी तेस्रो भएका थिए ।
त्यस्तै विराट ज्योति माविकी आर्या नेपाल र कोहेड कलेजका रोशन चौधरी सान्त्वना भए । वक्तृत्वकला प्रतियोगिताको निर्णायकहरुमा सञ्चारकर्मीहरु धनपति भट्टराई, केशव भट्टराई र कन्चना ढकाल सिटौला रहेका थिए ।
वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विमला भट्टराईले गरेकी थिइन् भने आस्थावाचन कार्यक्रम संयोजक अनिता पुरीले गरेकी थिइन् ।
कार्यक्रममा नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, एरिया ए थिम डाइरेक्टर अजयकुमार देव, शिवकुमार अग्रवाल, भद्रपुर जेसीजका पूर्व अध्यक्ष रमेश पोखरेल, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारी, नेपाल परिवार नियोजन संघका पूर्व अध्यक्ष दीपेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वीरता लेडी जेसीजकी निर्वतमान अध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रमकी मूल संयोजक नम्रता रिजाल ढकालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी सहसचिव संगीता गिरीले गरेकी थिइन् ।































