रोकिएन झापामा कपडा तस्करी

0
498

भद्रपुर ।

रोकिएन झापा जिल्लामा कपडा तस्करी ।  भारतबाट भन्सार छलेर धमाधम लत्ताकपडा नेपाल भित्रिरहेको विषयमा सञ्चारमाध्यममा समाचार बाहिरिएकै दिन वडा प्रहरी कार्यालय भद्रपुर तीन पोका कपडा बरामद गरेको छ । त्यस्तै  भारतीय एसएसबीले सीमा क्षेत्रबाट ठुलै परिणामको कपडा बरामद गरेको जनाइएको छ ।

भद्रपुर ३ स्थित निर्माणाधीन झोलुङ्गे पुल (नाउका घाट) नजिकैबाट तीन पोका कपडा बिहीबार राती बरामद गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । भन्सार छलेर कपडा भित्राइरहेको सूचनाको आधारमा प्रहरीले कपडा बरामद गरेको उनले बताए ।

बरामद गरिएको कपडाको पोकाभित्र कुर्ता सुरुवाल मात्र रहेको थियो । २ लाख मुल्याकंन तोकेर शुक्रवार भद्रपुर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ । त्यस्तै भारतीय एसएसबीको ४१ औँ बटालियन  मदन जोत क्याम्पका टोलीले अवैध रूपमा नेपाल लैजाँदै गरेको कपडासहित एक तस्करलाई पक्राउ गरेको छ।

एसएसबीका अनुसार भारत नेपाल सीमा पिलर नम्बर ४३ स्थित कुटियाजोतबाट अवैध रूपमा लुकाई छिपाई नेपालतर्फ भित्राउन खोजिएको कपडासहित एक तस्करलाई  पक्राउ गरेको हो । बरामद गरिएको तस्करसहित बरामद गरिएको कपडालाई भारतीय मूल्य एक लाख ४० हजार रुपैयाँ तोकेर भन्सार बुझाइसकेको जनाइएको छ । एसएसबीले बरामद गरिएको कपडा झापाको ज्यामिरगढी वा घोडामारा नाकाबाट भित्राउन खोजिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here