अनारका फाइदा यस्ता छन्

0
972

१, नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।

२, अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले मधुमेहका बिरामीका लागि अनार लाभदायक छ ।

३, अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ ।

४, यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडले तौल कम गर्न सहयोग गर्छ ।

५, अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु झनै फाइदाजनक हुन्छ । यसका साथै अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here