सेतीदेवी मन्दिर परिसरमा बृक्षरोपण

0
897

विर्तामोड ।

लामिछाने थापा वन्धु सेवा समिति अर्जुनधारा १० सेतीपानी चुथाईले सेतीदेवी मन्दिर परिसरमा बृक्षरोपण गरेको छ ।

सेतीदेवी मन्दिरलाई हराभरा वनाएर धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले बृक्षरोपण गरिएको कार्यक्रम संयोजक सुमन थापाले जानकारी दिए ।

सेतीदेवी मन्दिर परिसरको दुई कठ्ठा जग्गामा रुद्राक्ष , धुपी, फलफूल , फूललगायतका विरुवा रोपिएको उनले वताए ।

समितिका अध्यक्ष लालवहादुर थापाको अध्यक्षता तथा निर्माण व्यवसायी शेरवहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको औचित्यमाथी कैलास थापाले प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन कुमार थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here