सबैले लकडाउनको पालना गरौं,राहतमा राजनीति नगरौं

1
1458

यति बेला कोरोना भाइरसले बिश्व संसारमा महामारीको रुपमा आफ्नो प्रभुत्व जमाइ रहेको बेला यसबाट बच्न मेरो देशका प्रधानमन्त्रीले पनि आफ्ना नागरिकलाई घरैमा बस्न आग्रह गर्दै देशमा लकडाउनको घोषणा गरेका छन् ।

८ दिनको लकडाउन लम्बिएर चैत्र २५ गते हुदै बैशाख ३ गतेसम्म २३औ दिनको यात्रा तय गरेर अब बैशाख १५ सम्म पुगेको छ । यतिबेला देश नै ठप्प भएको अवस्था छ, लकडाउनको पालना गराउन चोक–चोक र ठाँउ–ठाँउमा प्रहरी परिचालन गरिएको छ ।

लकडाउनको नियम विपरित सर्बसाधारण सडक छेउछाउ वा घर बाहिर देखिए प्रहरीले लाठी हान्दै नियम पालना गर्न निर्देशन दिइरहेको भिडियोहरु लकडाउन भएको भोलिपल्ट देखि नै समाजिक सञ्जालहरुमा छ्यापछ्यापती देखिन थाल्यो । देशमा लागु भएको लकडाउनको सूचना थाहा नपाएर हो या अटेर गरेर बाहिर निस्किएकाहरुलाई लाठी चार्ज गर्नु स्वभाबिक नै थियो । किन कि आफ्नो ज्यानलाई कोरोना भाइरसको संक्रमणमा पर्न सक्ने जोखिमलाई चुनौती दिदै देशको नागरिकलाई बचाउन जस्तोसुकै हदसम्म जान सक्ने प्रहरीको कडा चेतावनी थियो त्यो । तर, त्यहि प्रहरी प्रशासनले सामाजिक सेवाको नाममा फेसबुक र टुइटरमा अपलोड गरेर छ सात थान मास्क र साबुन बाढ्न भिड जम्मापारी फोटो खिच्नेहरुलाई भने केहि गर्न सकेको छैन् । आखिर तिनीहरुले पनि त लकडाउनको नियम त तोडेकै थिए नि होइन र ?

दशबर्षे जनयुद्ध होस् वा संघियताको नामकरणको माग गर्दै त्यसबेलाका तत्कालिन सरकार बिरुद्ध बिभिन्न पार्टी र संघसंस्थाहरुले बिरोधका नाममा गरेका बन्दहरु भोग्दै आएका नेपाली जनताहरु यतिबेला कोरोना भाइरसको महामारीबाट बच्न सरकारले जारी गरेको बन्द अर्थात लकडाउनको अनुभवहरुलाई संग्रहित गरिरहेका छन् । ज्यान बचाउन घरबाट बाहिर निस्कन र अरु बाहिरबाट आएका मानिसहरुलाई घर भित्र प्रबेश निषेध गर्न आग्रह गर्दै नेपाल सरकारले जारी गरेको लकडाउनमा देशका सबै प्रबेशद्वारहरु बन्दा भैसकेको छ । देश र देशको नागरिकलाई बचाउन गरिएको लकडाउनले कोरोना संक्रमणको माहामारीबाट बचाउन सफल होला नहोला नतिजा भोलिको दिनले देखाउला ।

देश लक सहित नागरिकलाई पनि घर भित्रै लक हुन आग्रह गर्दै जारी गरेको यो लकडाउनमा कति सर्बसाधारण नागरिक समस्यमा परेका छन् । उनीहरुको समस्या नै नबुझी लाठी बर्सनु न्याय गरे जस्तो लाग्दैन । सरकारको घर भित्रै बस्ने आग्रह पालन गर्न त पहिला अप्ठ्यारोमा परेका ती नागरिकहरुलाई घर र कोठासम्म पुग्ने वातावरणको सिर्जना गर्नु पर्ने हो अनि घर नै नहुनेहरुले कसरी सरकारले जारी गरेको नियमको पालना गरुन् ? रोजिरोटिको लागी आफनो जन्मथलो छोडेर देशका बिभिन्न भू–भागमा पुगेका कामदारहरुलाई ठेकेदार र मालिकले तलब नै नदिइ बेसहारा पारेको खबरहरु आइरहदा ती नै मजदुरहरुलाई स्थानिय सरकारले पनि बेवस्था गरिदिदा बाच्ने आशा बोकेर फाटेको चप्पल र एकमुठि चिउराको भरमा लकडाउनको नियमलाई तोडेर आफ्नै घर र्फकिरहेका यात्रुहरु १०–१२ दिनको लगातारको यात्रा गरिसक्दा पनि त्यति नै दुरी बाँकी छ भन्छन्, यात्रा टुंगिन जति उ हिडिसकेको छ ।

गरिब र निमुखाका लागि आएको राहतमा राजनीति करण भैदिदा कति ठाँउमा बितरण मै समस्य आइरहेको छ भने भ्रस्टाचारी मानसिकता भएकाहरुले धनआर्जन गर्ने अवसरको रुपमा लिइदिँदा समस्य जटिल बन्दै गइरहेको छ । पत्रकारको बिल्ला भिरेर सिमित अवसारको आशामा स्थानिय तहका अधिकारकर्मिहरुको वरिपरि घुम्नेले उनीहरुको समचार बढाइचढाई लेखिरहदा छाप्रा र डेरामा बसेका मजदुरहरुको भोको पेटको पिडालाई ओजेलमा परिदिएको छ । कोरोनाको डर भन्दा भोकै भएर मर्ने डरले बाच्ने आशा लिएर अन्नको खोजिमा निस्कदा प्रहरीको कारबाहीले पनि थप समस्यमा पारिदिएको छ । समाजमा धनी भनिएका सम्भ्रान्त परिवारसंग चामल पिठो जगेडा होला वा महंगी नै भए पनि किनेर खाना सक्ने आर्थिक हैसियत होला तर ती गरिब श्रमिकहरुलाई त फासीको फन्दा नै बनेर आइदिएको छ कोरोना ।

कोरोनाले कसैलाई विभेद नगरे पनि सामाजिक र आर्थिक हैसियतको बलमा बिपन्न परिवारको लागि आएको राहतमा स्थानियतहमा रहेका प्रतिष्ठित मानुभावहरुको बिबेदपुर्ण बितरणले बिद्रोहको बिजरोपण हुनसक्ने संकेतहरु पनि सामाजिक सञ्जालहरुमा हेर्न सक्छौ । कुनै समय थियो जाति र आर्थिक विभेदले जन्माएको राजनितिमा निरंकुशताको रोगन लगाउदै १७ हजार भन्दा धेरै मानिसले ज्यान गुमाए भने दशवर्षे जनआन्दोलनमा केहि ब्यक्तिे सादहत प्राप्त गरे भने संयौं घाइते भएका थिए । अब कोरोनाले सिर्जना गराएको बिपतमा राहतको नाममा राजनीति र भ्रस्टाचार सहित बितरणमा विभेद गरिन्छ भने पक्कै पनि ति बिपन्न र गरिब जनता भोको पेटको आक्रोशमा कोरोना रुपि मिसाइल लिएर खाना अनि समानताको युद्धमा उत्रिन बेर छैन् । जसरी भारतमा नरेन्द्र मोदीले नागरिकता विधेयकमार्फत मुस्लिम समुदायमाथि गरेको विभेदको आक्रोशमा कोरोनालाई अल्लाहको मिसाइल मानेर फैलाउने प्रायस गरिरहेका छन् मुस्लिमहरु ।

कोरोनासंगको लडाइमा आफनो देशको नागरिक बचाउन अगाडी उभिने सुरक्षाकर्मी र स्वस्थ्यकर्मी प्रति राज्यको त्यति ध्यान गएको देखिदैन । राज्यको सुरक्षा गर्ने र रोगीलाई बचाउने लडाकुहरु नै कोरोनाको पहिलो आक्रमणबाट घाइते भएमा सम्झनुस त, देशको हालत् । सरकार ! बाटोमा हिँडदा गर्मी र पानीबाट बच्न छाताको करङ्ग ओडेर मात्रा हुँदैन, गर्मी र पानी छल्न सक्ने कपडाले ती छाताको करङलाई पनि ढाकेको हुनुपर्छ अनि मात्र हामी गर्मी र पानीबाट शरीरलाई सुरक्षित गर्न सक्छांै । नेपाल आमाको छाता यति बेला तिम्रो हातमा छ, निर्णय पनि तिम्रै …।

अन्तमा विश्वमा महामारीको रुपमा संकट पैदा गरिरहेको कोरोनाको डर सबै देश र नागरिकलाई छ । डराउनु कमजोर हुनु होइन यति बेला सचेत हुनु पर्छ । संकटको बेला राज्य शक्तिशाली भन्दा बलियो नै हुनुपर्दो रहेछ अनि नागरिक अनुशाशित ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here