यति बेला कोरोना भाइरसले बिश्व संसारमा महामारीको रुपमा आफ्नो प्रभुत्व जमाइ रहेको बेला यसबाट बच्न मेरो देशका प्रधानमन्त्रीले पनि आफ्ना नागरिकलाई घरैमा बस्न आग्रह गर्दै देशमा लकडाउनको घोषणा गरेका छन् ।
८ दिनको लकडाउन लम्बिएर चैत्र २५ गते हुदै बैशाख ३ गतेसम्म २३औ दिनको यात्रा तय गरेर अब बैशाख १५ सम्म पुगेको छ । यतिबेला देश नै ठप्प भएको अवस्था छ, लकडाउनको पालना गराउन चोक–चोक र ठाँउ–ठाँउमा प्रहरी परिचालन गरिएको छ ।
लकडाउनको नियम विपरित सर्बसाधारण सडक छेउछाउ वा घर बाहिर देखिए प्रहरीले लाठी हान्दै नियम पालना गर्न निर्देशन दिइरहेको भिडियोहरु लकडाउन भएको भोलिपल्ट देखि नै समाजिक सञ्जालहरुमा छ्यापछ्यापती देखिन थाल्यो । देशमा लागु भएको लकडाउनको सूचना थाहा नपाएर हो या अटेर गरेर बाहिर निस्किएकाहरुलाई लाठी चार्ज गर्नु स्वभाबिक नै थियो । किन कि आफ्नो ज्यानलाई कोरोना भाइरसको संक्रमणमा पर्न सक्ने जोखिमलाई चुनौती दिदै देशको नागरिकलाई बचाउन जस्तोसुकै हदसम्म जान सक्ने प्रहरीको कडा चेतावनी थियो त्यो । तर, त्यहि प्रहरी प्रशासनले सामाजिक सेवाको नाममा फेसबुक र टुइटरमा अपलोड गरेर छ सात थान मास्क र साबुन बाढ्न भिड जम्मापारी फोटो खिच्नेहरुलाई भने केहि गर्न सकेको छैन् । आखिर तिनीहरुले पनि त लकडाउनको नियम त तोडेकै थिए नि होइन र ?

दशबर्षे जनयुद्ध होस् वा संघियताको नामकरणको माग गर्दै त्यसबेलाका तत्कालिन सरकार बिरुद्ध बिभिन्न पार्टी र संघसंस्थाहरुले बिरोधका नाममा गरेका बन्दहरु भोग्दै आएका नेपाली जनताहरु यतिबेला कोरोना भाइरसको महामारीबाट बच्न सरकारले जारी गरेको बन्द अर्थात लकडाउनको अनुभवहरुलाई संग्रहित गरिरहेका छन् । ज्यान बचाउन घरबाट बाहिर निस्कन र अरु बाहिरबाट आएका मानिसहरुलाई घर भित्र प्रबेश निषेध गर्न आग्रह गर्दै नेपाल सरकारले जारी गरेको लकडाउनमा देशका सबै प्रबेशद्वारहरु बन्दा भैसकेको छ । देश र देशको नागरिकलाई बचाउन गरिएको लकडाउनले कोरोना संक्रमणको माहामारीबाट बचाउन सफल होला नहोला नतिजा भोलिको दिनले देखाउला ।
देश लक सहित नागरिकलाई पनि घर भित्रै लक हुन आग्रह गर्दै जारी गरेको यो लकडाउनमा कति सर्बसाधारण नागरिक समस्यमा परेका छन् । उनीहरुको समस्या नै नबुझी लाठी बर्सनु न्याय गरे जस्तो लाग्दैन । सरकारको घर भित्रै बस्ने आग्रह पालन गर्न त पहिला अप्ठ्यारोमा परेका ती नागरिकहरुलाई घर र कोठासम्म पुग्ने वातावरणको सिर्जना गर्नु पर्ने हो अनि घर नै नहुनेहरुले कसरी सरकारले जारी गरेको नियमको पालना गरुन् ? रोजिरोटिको लागी आफनो जन्मथलो छोडेर देशका बिभिन्न भू–भागमा पुगेका कामदारहरुलाई ठेकेदार र मालिकले तलब नै नदिइ बेसहारा पारेको खबरहरु आइरहदा ती नै मजदुरहरुलाई स्थानिय सरकारले पनि बेवस्था गरिदिदा बाच्ने आशा बोकेर फाटेको चप्पल र एकमुठि चिउराको भरमा लकडाउनको नियमलाई तोडेर आफ्नै घर र्फकिरहेका यात्रुहरु १०–१२ दिनको लगातारको यात्रा गरिसक्दा पनि त्यति नै दुरी बाँकी छ भन्छन्, यात्रा टुंगिन जति उ हिडिसकेको छ ।
गरिब र निमुखाका लागि आएको राहतमा राजनीति करण भैदिदा कति ठाँउमा बितरण मै समस्य आइरहेको छ भने भ्रस्टाचारी मानसिकता भएकाहरुले धनआर्जन गर्ने अवसरको रुपमा लिइदिँदा समस्य जटिल बन्दै गइरहेको छ । पत्रकारको बिल्ला भिरेर सिमित अवसारको आशामा स्थानिय तहका अधिकारकर्मिहरुको वरिपरि घुम्नेले उनीहरुको समचार बढाइचढाई लेखिरहदा छाप्रा र डेरामा बसेका मजदुरहरुको भोको पेटको पिडालाई ओजेलमा परिदिएको छ । कोरोनाको डर भन्दा भोकै भएर मर्ने डरले बाच्ने आशा लिएर अन्नको खोजिमा निस्कदा प्रहरीको कारबाहीले पनि थप समस्यमा पारिदिएको छ । समाजमा धनी भनिएका सम्भ्रान्त परिवारसंग चामल पिठो जगेडा होला वा महंगी नै भए पनि किनेर खाना सक्ने आर्थिक हैसियत होला तर ती गरिब श्रमिकहरुलाई त फासीको फन्दा नै बनेर आइदिएको छ कोरोना ।
कोरोनाले कसैलाई विभेद नगरे पनि सामाजिक र आर्थिक हैसियतको बलमा बिपन्न परिवारको लागि आएको राहतमा स्थानियतहमा रहेका प्रतिष्ठित मानुभावहरुको बिबेदपुर्ण बितरणले बिद्रोहको बिजरोपण हुनसक्ने संकेतहरु पनि सामाजिक सञ्जालहरुमा हेर्न सक्छौ । कुनै समय थियो जाति र आर्थिक विभेदले जन्माएको राजनितिमा निरंकुशताको रोगन लगाउदै १७ हजार भन्दा धेरै मानिसले ज्यान गुमाए भने दशवर्षे जनआन्दोलनमा केहि ब्यक्तिे सादहत प्राप्त गरे भने संयौं घाइते भएका थिए । अब कोरोनाले सिर्जना गराएको बिपतमा राहतको नाममा राजनीति र भ्रस्टाचार सहित बितरणमा विभेद गरिन्छ भने पक्कै पनि ति बिपन्न र गरिब जनता भोको पेटको आक्रोशमा कोरोना रुपि मिसाइल लिएर खाना अनि समानताको युद्धमा उत्रिन बेर छैन् । जसरी भारतमा नरेन्द्र मोदीले नागरिकता विधेयकमार्फत मुस्लिम समुदायमाथि गरेको विभेदको आक्रोशमा कोरोनालाई अल्लाहको मिसाइल मानेर फैलाउने प्रायस गरिरहेका छन् मुस्लिमहरु ।
कोरोनासंगको लडाइमा आफनो देशको नागरिक बचाउन अगाडी उभिने सुरक्षाकर्मी र स्वस्थ्यकर्मी प्रति राज्यको त्यति ध्यान गएको देखिदैन । राज्यको सुरक्षा गर्ने र रोगीलाई बचाउने लडाकुहरु नै कोरोनाको पहिलो आक्रमणबाट घाइते भएमा सम्झनुस त, देशको हालत् । सरकार ! बाटोमा हिँडदा गर्मी र पानीबाट बच्न छाताको करङ्ग ओडेर मात्रा हुँदैन, गर्मी र पानी छल्न सक्ने कपडाले ती छाताको करङलाई पनि ढाकेको हुनुपर्छ अनि मात्र हामी गर्मी र पानीबाट शरीरलाई सुरक्षित गर्न सक्छांै । नेपाल आमाको छाता यति बेला तिम्रो हातमा छ, निर्णय पनि तिम्रै …।
अन्तमा विश्वमा महामारीको रुपमा संकट पैदा गरिरहेको कोरोनाको डर सबै देश र नागरिकलाई छ । डराउनु कमजोर हुनु होइन यति बेला सचेत हुनु पर्छ । संकटको बेला राज्य शक्तिशाली भन्दा बलियो नै हुनुपर्दो रहेछ अनि नागरिक अनुशाशित ।






























Ekdamai man paro … purna ra ahilayako paribase cha yo laykha ma ….