भद्रपुर ,
मास्क लगाऊ, कोरोना भाइरसलाई हराऊ भन्ने उदेश्यका साथ झापाका सरकारी कार्यालय तथा विभिन्न संघसंस्थालाई ठूलो परिणाममा मास्क वितरण गरिएको छ ।
भद्रपुर नगरपालिका ६ निवासी स्व. भगरिथ र भिखिदेवी सरियाका छोरा कैलाश र नाति नितिस सरियाले जिल्लामा ५९ हजार पिस मास्क वितरण गरेका हुन् ।
भद्रपुर मारवाडी संघको सहकार्यमा हाल काठमाडौं बस्ने सरिया परिवारले भद्रपुर नगरपालिकालाई ४५ हजार पीस मास्क उपलब्ध गराएको छ । नगर क्षेत्रमा बसोबास गर्ने नगरबासीलाई लक्षित गरी मास्क उपल्बध गराएको नितिस सरियाले जानकारी दिए । उक्त परिमाणको मास्क सरिया परिवारले नगर प्रमुख जिवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय झापालाई एक हजार पिस मास्क उपलब्ध गराएको छ । सो मास्क प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापालाई १४ सय पीस मास्क उपलब्ध गराएको छ । प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठलाई मास्क हस्तारण गरिएको छ । सशस्त्र प्रहरी बल २ नम्बर गण झापालाई एक हजार पीस मास्क उपल्बध गराएको छ । सो मास्क सशस्त्र प्रहरीका एसपी रेशमकुमार थक्सुलाई हस्तान्तरण गरिएको छ । मेची अञ्चल अस्पताललाई ६ सय पीस मास्क उपलब्ध गराएको छ ।
सो मास्क अस्पतालका मेसु डा. पीताम्बर ठाकुरलाई हस्तान्तरण गरिएको छ । झापा कारागारमा १२ सय मास्क उपलब्ध गराएको छ । कारागारका जेलर राजेन्द्र निरौलालाई मास्क हस्तान्तरण गरिएको छ । त्यस्तै सरिया परिवारले नेपाल पत्रकार महासंघ झापालाई ३ सय, नेपाली सेनालाई एक हजार, झापा उद्योग बाणिन्य संघलाई २ सय, वडा प्रहरी कार्यालय भद्रपुरलाई एक सय, भद्रपुर भन्सार कार्यालयलाई एक सय, नेपाल रेडक्रस सोसाईटीलाई २ सय, झापा उद्योग संघलाई २ सय, रोटरी क्लवलाई २ सय, भद्रपुर जेसीजलाई २ सय, मारवाडी संघलाई ६ सय, बगानका चिया मजदुरलाई २४ सय,सामुदायि प्रहरी सेवा केन्द्र भद्रपुलाई एक सय, रोटरी क्लव भद्रपुरलाई २ सय, अन्जुमन इस्लामिक जामा मस्जिदलाई २ सय लगायतलाई वितरण गरिएको छ । वितरण कार्यक्रममा दाता नितिस सरिया, भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रामाया श्रेष्ठ, भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवाला, संघका पूर्व अध्यक्ष सुवोध कोठारी, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शिला खडका, देवेन्द्र आचार्य, पुस्कर अग्रवाल, मनोज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।






























