महामारीले निम्त्याउने संकट भयावह हुनसक्छ

1
1184

डिल्ली हुमागाई,

विश्व महामारीको रुपमा फैलिएको कोरिना भाइरस (कोभिड १९) विरुद्ध लडिरहेको छ । आजको दिनमा यो संसारको चुनौती मात्र नभए विशेष गरी चिकित्सा जगत नै अपुरो रहेको र दुनियाँले हार खाएको अवस्था सिर्जना भएको छ ।

विश्वका बादशाह मानिने मुलुकले समेत यसलाई काबुमा राख्न नसक्नु भनेको संसारको लागि ठूलो झापड र चुनौती अवश्य नै हो । आज संसार यसको निकास खोज्नमा कुनै कसर बाकी नराखी लागि परिरहेको छ । तर, आजका दिनसम्म धेरै अपुष्ट कुरा आए पनि अहिलेसम्म कुनै प्रमाणित निकास र उपचार नभएकोले संसार हालसम्म आतंकित बनिरहेको छ ।
अहिले मानिसले नबुझेको र नबुझी नहुने कुरा चाहिँ औषधि भन्दा महत्त्वपूर्ण कुरा रोगसँग लडन सक्ने क्षमता हो ।

जस्ले रोग लागिहाले पनि निको हुन सक्छ भन्ने हो। आजको दिन भनेको बिरामि हुनु पुर्बको उपचार पद्धति हो । जसको लागि हाम्रो दैनिकी अनि खानपान र सरसफाईले निर्धारण गर्छ । जो आजको हरेक मानिसले बुझ्नु र जान्न जरुरत छ । अरु त अरु हामीले अहिले सम्म कोरोना भाइरस कस्तो र यस्ले के सम्म गर्छ र यसबाट कसरी वच्न सकिन्छ भन्ने सम्म ज्ञान नहुदा हाउगुजी जस्तै बनेको छ । धेरैमा कोरोना भाइरसको संक्रमण हुने बित्तिकै संसारबाट बिदा लिनुपर्ने पो हो कि भन्ने तनाव र प्रेसरको कारण आधा मानिस बिरामी हुने गरेका छन् । स्वास्थकर पौष्टिक आहार खानु, आफ्नो परिवारको र घरको सरसफाइमा विशेष ध्यान दिनु, साबुन-पानीले हात धुनु अथवा सेनिटाइजरको प्रयोग गर्नु र घरमा नै रहिरहनु ताकि अरुबाट भाइरस तपाईं र तपाइको परिवारसम्म आई पुगेन भने आफू सुरक्षित भईन्छ भन्ने सामान्य ज्ञान सबैमा हुनपर्छ । भाइरस केही होइन अथवा यो खतरनाक हो भन्नु भन्दा नि आफू सावधान हुदा केही बिगार्न सक्दैन भन्ने बुझ्नु पर्छ ।

चीनको बुहान राज्यबाट शुरु भएर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को चपेटामा बिश्वका २०५ ओटा देशहरु रुमल्लिरहेको यो विषम परिस्थितिमा यसको संक्रमणबाट संक्रमित हुने सँगै मृत्यु हुनेको संख्या डरलाग्दो छ र बढदो छ । विश्वमा शक्तिशाली र धनी मानिएका रास्ट्रहरु समेत यो महामारीबाट प्रभावित भएका छन र संसार चिन्तित छ । पछिल्लो तथ्यांक अनुसार विश्वका विभिन्न मुलुकमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या डेढलाख पुग्न लागिसकेको छ भने संक्रमितको संख्या २२ लाख पुगिसकेको छ । हालसम्मको स्थितिलाई हेर्ने हो भने यो दुवै संख्या घटने होइन अरु बढने पुर्वानुमान गरिएको छ ।

तर नेपालमा भने जम्मा ३० जना संक्रमित भएको र एक जना निको भएको विवरण नेपाल स्वास्थ मन्त्रालयले प्रकाशित गरेको छ । यो त दुनियालाई नियाल्दा सुखद लागे पनि कोरोनाको कारण प्रवासमा रहेका ५० लाख युवाको कम्तीमा पनि ३० प्रतिशत नेपालीहरुको रोजगारी गुम्ने लगभग पक्का जस्तै देखिन्छ ।

यो भनेको १५ लाख हो । आजको दिनमा नेपालको कुल ग्राहस्थ उत्पादनको ३१ प्रतिशत हिस्सा रेमिटेन्स धान्दै आएको मा १५ लाख बेरोजगारी बन्दै गर्दा देशको आर्थिक अवस्था कस्तो हुन्छ ? यो बारेमा नेपाल सरकारले कहिल्यै सोच्ने फुर्सद निकालेको छ ? विदेशी भुमिमा रहेका लाखौं नेपालीहरु आफ्नो देश फर्कन चाहेका छन् । मर्न परे पनि आफ्नै मातृभुमि गएर मर्न चाहने युवा जनशक्तिलाई समेत नेपालमा ल्याएर क्वरेन्टाइनमा राख्न नसक्ने मेरो देशले भोलिको परिस्थितिलाई कसरी सुल्झाउछ होला ?

अबका दिनमा पनि भोलिको बारे सोच्न सकेन भने सरकारले भोलि पछुताउनुको कुनै बिकल्प हुदैन। यदि देश र जनताको लागी केही गर्छु भन्ने सोच्ने हो भने आजबाटै सोच्न जरुरी छ ।एकातिर कोरोना भाइरसको महामारी नियन्त्रणमा बहुत ठूलो चुनौती र जोखिम त छदैछ । यसलाई सामान्य अवस्थामा ल्याउन कति समय लाग्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन तर यो संकट नसकिदै अर्को संकटको आउने पक्का छ ।

देशमा त्यसै पनि चार दशकबाट विकासोन्मुख देशको ट्याग भिरेर बसेको अब यो संकट सकिने बित्तिकै आर्थिक संकट सुरु हुँदै गर्दा नेपाल सरकारले कसरी सम्बोधन गर्ने यसको कुनै तयारी छ त माननीय अर्थमन्त्री ज्यु? हाम्रो देश आफैमा भुपरिबेष्ठित देश हो । तीनतिर भारतसँग सिमाना जोडिएको छ र एकतिर चीनसँग सिमाना जोडिएको छ । संसार आज कोरोना भाइरसको माहामारी सँग पूरा दिलोज्यान लगाई रहेको बेला अरु देशको आश गर्दा नेपालले केही पाउला त ?

यो डरलाग्दो भविश्यतर्फ लम्किरहेको अहिले सरकारसँगै हरेक नागरिक सचेत नभए फेरि अर्को महामारीबाट गुज्रिनुपर्ने निश्चित छ । यदि यस्तो महामारी भएमा यो महामारी अहिलेको महामारी भन्दा भिन्न किसिमको र खतरापूर्ण हुनेछ, जसको कल्पना गर्दा समेत कहाली लाग्नेछ ।

यहि बेला मुलुकमा महामारी छ र लकडाउनको अवस्था छ । लकडाउनको असर, प्रभाव धेरैतिर छ । तर, सबैभन्दा ठुलो असर श्रमजीवी मजुदुरमाथि छ ।
यो डरलाग्दो भविश्यतर्फ अहिले सरकारसँगै हरेक नागरिक सचेत नभए फेरी अर्को महामारीबाट गुज्रिनुपर्ने निश्चित छ । यदि यस्तो महामारी भएमा यो महामारी अहिलेको महामारी भन्दा भिन्न किसिमको चुनौतीपूर्ण हुनेछ जसको कल्पना गर्दा समेत गाह्रो छ ।

अहिले प्रमुख प्राथमिकता भनेको भोलि ५० लाख युवा प्रवासबाट फर्किएको खन्डमा राख्ने सक्ने क्वारेन्टाइन र देशलाइ आर्थिक संकटबाट निकाल्न सक्ने योजना र कार्यान्वयनको पाटाहरु साथ अब नेपाल र नेपालीले सिक्नु जरुरी भएको छ । सन् १९४५ मा जापानमा भएको बिष्फोटन पछि त्यहाको जनताले गरेको उदाहरण बिश्वको लागि अनुकरणीय छ । आज यो पाटी, यो जात, यो प्रदेश भन्नू भन्दा नि एकजुट भएर गरेको हरेक काममा सफलता पाउन सकिन्छ त्यही भएर एकजुट हुन जरुरत छ।

अब पनि नेपाल सरकारले देशका आम नागरिकलाई आर्थिक उपार्जनको लागि कुनै उपाय नसोच्ने हो भने झन् ठुलो समस्या आउन सक्छ । अहिलेको अवस्थामा सरकारको प्रमुख दायित्व कोरोना भाइरस नियन्त्रण गर्ने हो भन्नेमा दुविधा छैन तर सरकारले केवल भाइरस नियन्त्रण गर्नेबारे मात्र सोच्ने र अरु दिर्घकालका लागी बिर्सिदिने हो भने भोकमरीका साथसाथै आर्थिक संकट आउने निश्चित छ ।

1 COMMENT

  1. अब बिकल्प सावधान हुन मात्रै हो ।!
    यो महत्त्वपुर्ण जानकारी का लागि
    बिशेष धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here