श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

0
551

धनकुटा।

धनकुटाको छथरजोरपाटी–४ पानी ट्याङ्की बस्ने ४७ बर्षीय ईन्द्र बहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ ।

आज श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिबाद भई झगडा हुँदा श्रीमती धनमाया लिम्बुले ईन्द्र बहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनामा संम्लग्न धनमाया लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here