विमल दहाल,
माई इलाम
राष्ट्रिय युवा संघ माई नगर कमिटी इलामले माई नगरपालिकालाई सोमबार खाध्यान्न सहयोग गरेको छ ।
लकडाउनका समयमा माईका बिपन्न नागरिकहरुलाई खाध्यान्न समस्या भएको भन्दै युवा संघले नगरको एकद्धार प्रणाली मार्फत आठ क्वीटल सोना मन्सुली चामल सहयोग गरेको हो ।

युवा संघका माई नगर इन्चार्ज ज्ञानबहादुर पुर्बछाने र अध्यक्ष कुमार लिम्बुले नगरका लेखा अधिकृत क्षेत्रनाथ शर्मा, स्वास्थ्य संयोजक पुष्कर कट्टेल र योजना अधिकृत लक्ष्मण भुर्तेल मार्फत नगरलाई खाध्यान्न प्रदान गरेकोे हो ।
बिपतको समयमा तथा नागरिकलाई समस्या हुदा सहयोग गर्नु युवा संघका कर्तब्य र दायित्व भएको भन्दै अध्यक्ष लिम्बुले यस लकडाउनका समयमा हरेक क्षेत्रमा सरकारलाई सहयोग गर्दै जाने बताँउनुभयो । माई नगरपमलिकामा युवा संघले यस अघि दश वटै वडामा नागरिकको स्वास्थ्य अबस्थाको जानकारी लिदै सचेतना कार्यक्रम सञ्चालन गरेकोे थियो । संघले बिदेशबाट आएका ब्याक्तिहरुको लगत संकलन गर्ने, उनीहरुलाई स्वास्थ्य समस्या रहे तुरुन्त सहयोग गर्ने गरि संयन्त्र बनाएर समेत कार्य गर्दै आएको बताँईएको छ ।





























