घोडाघोडी,
कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गर्नुभएको छ ।
नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँ १५ दिनको उपचारपछि कोरोनाबाट निको हुनुभएको हो ।
उहाँले भन्नुभयो,“आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ । ”
सङ्क्रमण देखिएपछि उहाँले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराउनुभएको थियो ।






























