मोरङ।
मोरङको बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम लगिएकोमा उपचारकै क्रममा उनको दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।






























