लक्ष्मी उप्रेती / मेचीनगर,

लकडाउनका कारण प्रत्यक्ष मारमा परेको परेको यातायात क्षेत्रको नियमित सञ्चालनमा सरकार गम्भीर नबनेको भन्दैं व्यवसायी र मजदुरहरुले सरकारलाई तसतर्फ गम्भीर बन्न आग्रह गरेका छन् । उनीहरु भन्छन हाम्रो सरकारलाई एउटै प्रश्न छ ६ महिनादेखि ठप्प रहेको यातायात कहिलेदेखि नियमत गर्नै हो सरकार ?
नोवल कोरोना भाइरस कोभिड १९ का कारण यातायातक्षेत्रको लागानी जोखीममा परेको भन्दैं यातायातसँग सम्बद्घ संघ संस्थाहरुले चिन्ता समेत व्यक्त गरेका छन् । यातायात व्यवसायी तथा मजदुर प्रमुख प्रतिनिधिहरुले अन्य व्यवसायको तुलनामा यातायात व्यवसाय प्रत्यक्ष मारमा परेको भन्दैं सरकारसँग राहतको लागि पहल गरिदिन समेत सम्बन्धित पक्षसँग आग्रह गरे ।
सधै सवारी साधन र यात्रुले खचाखच हुने नेपाल प्रवेशको पूर्वीद्घार काँकरभिट्टा बसपार्क वितेको ६ महिनादेखि सुनशान झै छ । यहाँबाट नेपालका अधिकाँश ठाउँमा लामो तथा छोटोदुरीका संयौ सार्वजनिक सवारी साधन सञ्चालन हुने गरेका थिए । आज ती सवै सवारी साधन ठप्प हुँदा त्यसमा आश्रित हजारौ यातायात मजदुर अहिले सवै बेरोजगार बनेका छन् ।
नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले पहिलो पटक चैत ११ गते लकडाउन घोषणा गरेको थियो । सरकारले लामो तथा छोटोदुरीका सवै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएपछि प्रत्येक व्यवसायीहरुले आ आफ्ना सवारी साधन घर र ग्यारेजमा थन्क्याएका थिए । सरकारले लकडाउनको समय अवधि पटक पटक थप्दैं लगेका कारण चैत ११ गतेपछिदेखि कुनै पनि सार्वजनिक सवारी साधन सञ्चालनमा नआएको सुनौलो संयुक्त यातायात व्यवसायी प्रालिका अध्यक्ष भुपाल ओलीले बताए । संघमा मात्रै १ सय ५० वटा सवारी साधन छन् । करीव ३० करोड रुपैयाँको लगानी छ । यतिखेर यो लगानी सवै धराशायी बनेको छ । अनि संघमा आवद्घ ५ सय बढी यातायात मजदुर बेरोजगार बनेका छन् ।
‘सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को नियन्त्रण र रोकथामका लागि जब लकडाउन घोषणा गर्यो त्यसबेलादेखि नै हामी यातायातक्षेत्रमा क्रियाशील व्यवसायी मजदुर प्रत्यक्ष मारमा पर्यौं ’ अध्यक्ष ओलीले भने— ‘२० लाख भन्दा बढी नागरिकले प्रत्यक्ष रोजगार प्राप्त गरेको खबौं रकम लगानी गरेको देशकै अर्थतन्त्रको प्रमुख मेरुदण्ड यातायातक्षेत्रको लगानी जोखीममा पर्दा सम्म अहिले सरकारले यसक्षेत्रमा देखिएको समस्या समाधानतर्फ कुनै चासो देखाएको छैन ।’
सरकारले पटक पटक यातायात सम्बद्घ संघ संस्थाका प्रमख प्रतिनिधिहरुसँग बसेर छलफल गरे पनि समस्या समाधानका लागि सरकारले ठोस कदम नचालेको यातायात व्यवसायी र मजदुरको आरोप छ । सरकारले समस्याको समाधान खोज्ने जमर्काे गरेपनि समसया समाधानका लागि कुनै नीति बनाउन नसकेको तथा पटक पटकका छलफल र वैठक निष्कर्शविहनि बनेको उनीहरुको भनाई छ ।
सरकारले पटक पटक यातायात सम्बद्घ संघ संस्थाका प्रमख प्रतिनिधिहरुसँग बसेर छलफल गरे पनि समस्या समाधानका लागि सरकारले कुनै ठोस कदम नचालेको यातायात व्यवसायी र मजदुरको आरोप छ । सरकारले समस्याको समाधान खोज्ने जमर्काे गरेपनि समस्या समाधानका लागि कुनै नीति बनाउन नसकेको तथा पटक पटकका छलफल र वैठक निष्कर्शविहनि बनेको पुर्व मेची बस व्यवसायी प्रालि अध्यक्ष विष्णुकुमार श्रेष्ठको आरोप छ । उनले सरकारलाई प्रश्न गदैं भने— ‘सरकार कहिलेदेखि हुन्छ सार्वजनिक सवारी साधनको नियमित सञ्चालन ।’
‘अब पनि सरकार यातायात व्यवसायी र मजदुरहरुका समस्यामा गम्भीर नबन्ने हो र सवारी साधन सञ्चालनमा ठोस निणृय नगरी यसरी नै चुपचाप बसे बैंकले मेचीदेखि महाकालीसम्मका यातायात व्यवसायीहरुको घरजग्गा लिलामी गर्छ अध्यक्ष श्रेष्ठले भने —‘सरकार कहिल्यै पनि यातायात व्यवसायी र मजदुर मैत्री बनेन् । भन्न चाहि यातायातक्षेत्रलाई देशकै अर्थतन्त्रको मुख्य मेरुदण्डका रुपमा मान्ने तर त्यसमा लगानी गर्ने व्यवसायी र त्यसमा आश्रित मजदुरहरुका पीरमर्कामा सरकारले कहिल्यै हातेमालो गरेन् ।
यसक्षेत्रमा देखिएका समसयाप्रति कहिल्यै चासो देखाए । अहिले सवैखाले यातायातक्षेत्र ठप्प प्राय रहेको बेला यातायात व्यवसायीहरु पेशा छाडेर पलायन हुने अवस्थामा पुग्दा समेत सरकारले सम्बोधन गर्न नसकेको उनको आरोप छ । त्यहाँ कार्यरत हजारौ मजदुरहरु बेरोजगार छन् सरकारलाई कुनै मतलव नभएको आरोप अध्यक्ष श्रेष्ठले लगाए ।
६÷६ महिनासम्म यातायातक्षेत्र बन्द गर्नुपरेका कारण अहिले यातायात व्यवसायीको लागानी जाखीममा परेको छ बताउदैं अध्यक्ष श्रेष्ठले भने —‘अब कहिलेदेखि बेैकले धितो लिलामी शुरु गर्छ । ’ बैंकले कर्जा बुझाउन पटक पटक ताकेता गर्दा व्यवसायीहरु बोल्न नसकेको गुनासो उनको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समितिका अध्यक्ष खडानन्द भण्डारी अहिले यातायातक्षेत्रमा आश्रित मजदुरहरुको दैनिक निक्कै कष्टकर बनेको बताउछन् । ‘एकजना मजदुरका काँधमा चारजनाको जिम्मेवारी छ ’ उनले भने —‘ अनि सवारी साधन सञ्चालन नभएपछि उस्ले आफ्नो रोजगार गुमाएका कारण घरको चुल्होमा आगो बल्न छाडेको छ । अब हरेकक्षेत्रका मजदुर रोगले नभई भोकले मृत्युवरण गर्ने अवस्थामा पुगेका छन् ।’
अन्य क्षेत्रका व्यवसायी र मजदुरहरुलाई सरकारले केही राहत प्रदान गरे पनि यातायात व्यवासायी र त्यसमा आवद्घ मजदुरहरुले कुनै सुविधा नपाएको गुनासो भण्डारीको छ । एउटा मजदुरले घरमा बालेको विद्युत खाएको पानीको महशुल तिर्न नसकेको भन्दैं हरेकक्षेत्रका मजदुरहरुलाई यस्ता महसुल मिनाह गर्न समेत सरकार अग्रसर हुनुपर्नेमा नेता भण्डारीले जोड दिए ।
वास्तवमै देशको अर्थतन्त्रमा मुख्यः टेवा पुर्याउने यो क्षेत्र संकटमा पदैं जाने र व्यवसायीहरु बैकल्पिक पेशा खोज्न बाँध्य भए भने राजयले समेत निक्कै ठूलो नोक्शान व्यहोर्नु पर्छ । यसकारण यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।






























