प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थप

0
564

विराटनगर,

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ९६ महिला र १५९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिने सङ्क्रमितमा सुनसरीका १२२, मोरङका १०२, झापाका छ, उदयपुरका पाँच, खोटाङका चार, संखुवासभा र ओखलढुङ्गाका तीन÷तीन र धनकुटाका एक जना छन् । यसैगरी थपिनेमा प्रदेश बाहिरका नौ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च रहेको छ । पछल्लो तीन दिनदेखि यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४३२ पुगेको छ । तीमध्ये तीन हजार ७२५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्ममा एक लाख २६ हजार ८९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here