समय र मान्छे

0
764

 

 

चित्रा कोइराला

समय त साक्षी होइन र
निरन्तर बित्नु विशेष गुण होइन र
तर
पृथ्वीले सूर्यलाई परिक्रमा गरिदिने
दैनिक र वार्षिक गतिहरुलाई
भागबन्डा लगाईदिएर
सजिलो बनाउन सिपालु भए पनि
आफ्नै मनमा बाघ पालेर
लखेटिरहेको बर्तमानमा
शिकार भइरहेछन मान्छेहरु
गह्रौं ईतिहासको भारीले
नराम्ररी थिचिएर
भाग्न सक्दैनन् मान्छेहरु १
बासी बिचार र अनुभवहरुले
दबिएका छन्
आत्माका आवाजहरु
समयले त प्रत्येक दिन नयाँ प्रश्न जन्माउँछ
ताजा उत्तर मागिरहन्छ
मनका एक एक तरङ्गहरुसँग
प्रत्येक क्षण
प्रत्येक श्वास(प्रश्वाससँग
तौलिरहन्छ मान्छेहरु
ऊ हामीलाई बिछ्यौनामा सुताएर
रातभरी जागा बसिरहन्छ ।
कहिले काहीँ
चुनौतीहरु पस्किदिेएर
धैयॅहरुलाई कमजोर बनाउने
अस्वस्थ्य खेल रच्छ
तर, फेरि झकझकाउँदै
सारथी बनी
समाधानको बिकल्प दिएर
ऊ संगै खडा हुन निदॆॅश दिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here