गाडी नम्बर लेख्नुभएको छैन कि !

0
635

बिर्तामोड ।

सवारी दुर्घटना गराएर सवारी साधन फरार हुने र नम्वर प्लेट नखुल्दा दुर्घटनामा सम्लग्न सवारी साधन पक्राउ गर्न ट्राफिक प्रहरीलाई सकस भएसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले राजमार्गमा सञ्चालन हुने सवारीको नम्वर प्लेट लेख्ने अभियान शुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा विभिन्न स्थानमा अनुगमन गर्दै नम्वर प्लेट नभएका तथा मेटिएका सवारी साधानको नम्वर लेख्ने काम आजबाट शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालय मेचीसंग समन्वय गर्दै राजमार्गमा चेकजाँचलाई तीव्र बनाएको हो । दुर्घटना गराएर सवारी साधन फरार हुने र चोरीका सवारी साधन समेत सञ्चालन हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सवारीको नम्वर प्लेटमा कडाई गरेको हो । अभियान सञ्चालनकै दिन एक सय ५० भन्दा बढी सवारी साधनको नम्वर प्लेट लेख्ने काम भएको छ ।

यो महना मात्रै १६७ वुलेट र आवाज ठूलो निकाल्ने मोटरसाइकललाई समेत प्रहरीले कारवाही गरेको छ ।

चाडवार्ड तथा वन भोजको समय शुरु हुन थालेकाले यो समयमा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्दा दुर्घटना बढ्न सक्ने भन्दै अभियान थालिएको बताइएको छ ।

यता यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण चन्द्र पौडेलले ट्राफिक प्रहरीसंग साझेदारी गर्दै नम्वर प्लेट लेख्ने कार्यलाई जिल्ला भर सञ्चालन गर्ने बताएका छन् ।

उनले कागज पत्र नभएका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन यो अभियान फलदायी हुने बिश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here