‘कान्छीको सम्झनामा’मा रोमाण्टिक मुडमा देखिए एलिस र गीता (भिडियो)

0
1293

काठमाडौँ ।

अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका युवा गायक प्रविन राजथलाले आफ्नो डेब्यु गीत ‘कान्छीको सम्झनामा’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

विदेशमा रहेर स्वदेशमा रहेकी आफ्नी प्रियशीलाई समर्पित गर्दै लेखिएको यस गीतमा स्वयंम गायक प्रविन राजथलाको शब्द, संगीत रहेको छ। यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन्।

राजधानीको बसन्तपुर र अन्य रमणिय ठाउमा छायांकन गरिएको यस भिडियोमा एलिस राई र गीता ढुंगाना बीचको प्रेम अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्।

एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो। गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here