समृद्ध नेपाल कृषि सहकारीको सेवाकेन्द्र बिर्तामोडमा

0
1321

बिर्तामोड,

७७ वटै जिल्लामा सेवा केन्द्र विस्तार गर्ने उदेश्यले समृद्ध नेपाल कृषि सहकारी सस्थाले प्रदेश १ को कार्यालय बिर्तामोडमा सञ्चालनमा ल्याएको छ । काभ्रेको वेथानचोकमा केन्द्रिय कार्यालय रहेको संस्थाले सोमवार बिर्तामोडमा प्रदेश कार्यालयको उद्घाटन गरेको हो । संस्थाले पहिलो चरणमा १८ वटा सेवा केन्द्र विस्तार गर्ने प्रदेश इन्चार्ज गोपाल आचार्यले जानकारी दिए ।

प्रदेश १ को कार्यालय उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले गरेका थिए । प्रमुख अतिथि समेत रहेका ढकालले उत्पादनसँगसँगै वजार विस्तार गर्नुपर्ने, सदस्यको विश्वास जित्नु पर्ने, उत्पादन र बजारलाई जोडेर सदस्यको जीवनस्तर उकास्न सकिने सुझाव समेत दिएका थिए ।

संस्थाका अध्यक्ष दलबहादुर विसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष धिरोज सिर्पालीले गरेका थिए । अध्यक्ष विसीले संस्थाको कार्ययोजना बताउँदै यो सहकारी पैसा किन्ने र बेच्ने नभएको बताए । उनले संस्थाले कृषिमा क्रान्ति गर्दै माटो बचाउ अभियान गर्ने बताए । प्रदेश सेवा केन्द्रले आवश्यकता अनुसार अन्य सेवा केन्द्र विस्तार गर्दै लाने उनको भनाई छ ।

संस्थाले अर्गानिक उत्पादनलाई जोड दिदै आगामी बैशाखसम्ममा ३६ हजार शेयर सदस्य पुर्याउने लक्ष्य राखेको बताइएको छ । हाल प्रदेश नं. १ अन्र्तगत ४ सय ८३ जना शेयर सदस्य रहेको प्रदेश इन्चार्ज आचार्यले बताए । संस्थाकी प्रदेश १ संयोजक गोमा लुइटेलले आफ्नो भनाई प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद प्याकुरेलले गरेका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराई, कनकाई नगरपालिका १ का अध्यक्ष रोशन पोखरेल, गोपाल प्रसाई, कृष्णचन्द्र महर्जन, धनमाया थापा, दुर्गा खनाललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here