झापामा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु

0
820

झापा ।

झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

सोमबार भद्रपुर नगरपालिका–२ कमलधापकी ५० वर्षीया सीता दाहालमाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी साथीहरूसँग सोही ठाउँको जंगलमा घाँस काट्न गएकी थिइन्।

सो अवस्थामा जंगली हात्तीले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here