ट्रेन्डिङमा शनि र समीक्षाको ‘ज्यानमारा मुस्कान’ (भिडियो )

0
922

काठमाडौँ ।

गीतकार दुर्लभ केसीको शब्दमा लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा नायक पल शाह र स्वस्तिमा खड्काको धमाकेदार नृत्य देख्न सकिन्छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

दाङ जिल्लामा रहेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका गीतकार केसीको शब्दमा रहेको यसअघि ‘झुम्का झलक्कै’ गीत दर्शक स्रोता माझ लोकप्रिय छ। भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गीतकार केसीले सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here