इलाम ।

इलाम ईलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक ईलाम–९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन । सोमबार राती मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाईते भएका थिए ।
गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।































