विमल दहाल
माई , इलामको माई नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सम्बन्धि तालिम
बुधबारबाट शुरु भएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार महिलाको मौलिक हक भन्ने नाराका साथ सामुदायिक अगुवाहरुको लागि तीन दिने तालिम शुरु भएको हो ।
माई नगरपालिका इलामको आयोजना र आई पास नेपालको सहजीकरण तालिम शुरु भएको हो । तालिम उद्घाटन कार्यक्रम उपमेयर बिष्णुमाया आचार्यले तालिम पछि सुखी, खुशी र समृद्ध नगर निर्माण गर्नका लागि सामुदायिक अगुवाहरुको भूमिका महत्वपुर्ण रहने धारणा राखेकी छिन् । यौन तथा प्रजनन अधिकारको बारेमा कानुनी जानकारी नहुदा महिलाहरुले हरेक समस्या पाउदै आएकाले तालिम पछी यो समस्या समाधान हुनेमा बिश्वस्त रहेका बताइन् ।
माई नगरपालिकाका दश वडाका २० जना महिलाकोे सहभाहागिता रहेको कार्यक्रममा आई पासका पारश फुयल, केदार भण्डारी, माई नगरपालिकाका स्वास्थ्य संयोजक पुष्कर कट्टेल, सिनिअर अनमी कमला श्रेष्ठ, मेडिकल अधिकृत रामकृष्ण आचार्य, अहेब जीवन ताजपुरीया लगायतले सहजीकरण गर्ने बताइएको छ ।





























