माई नगरपालिकामा फागुन २१ गते स्थानीय बिदा

0
602

 

विमल दहाल

माई, इलामको माई नगरपालिकाले फागुन–२१ स्थानीय बिदा दिएको छ । माई नगरपालिका ४ सुखानीमा २०२९ गते झापाबाट इलाम जेल सार्ने क्रममा सहादत प्राप्त शहिदहरुको स्मृतिमा बिदा दिने निर्णय गरेको मेयर दिपक कुमार थेबेले जानकारी दिए । तत्कालीन पञ्चायति शासकहरुले हत्या गरेका रामनाथ दहाल, कृष्ण कुईकेल, बीरेन राजबंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको हत्या गरेका थिए । हरेक बर्ष फागुन २१ म शहिदको संझनामा सुखानीमा बृहत कार्यक्रम गर्ने गरिएको छ ।
यसै बिच सुखानी शहिदको संझनामा राष्ट्रिय युवा संघ नेपाल माई नगरकमिटीले फागुन–२१ गतेबाट फागुन–२९ गते सम्म वडा स्तरीय पुरुष र महिला फुटवलको आयोजना गरेको अध्यक्ष कुमार लिम्बू जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here