धुम्बाराहीमा ओली र नेपाल वार्ता सुरु

0
786

काठमाडौं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराही पुगेका छन्। उनीहरु वार्ताका लागि कार्यालय पुगेका हुन्।

कार्यालयमा ओली समूहका नेता सुवास नेम्बाङ र नेपाल समूहका नेता भीम रावल‚ सुरेन्द्र पाण्डे‚ घनश्याम भुसाल पुगेका छन्। वार्ता ११ बजे बस्ने भनिए पनि नेताहरु केही समय ढिला गरेर पुगेका हुन्। दुवै पक्षबीच वार्ता सुरु भएको नेताहरुले बताएका छन्।

खनाल-नेपाल समूहले आइतबार ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिष्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो।

पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको जनाइएको छ। यी समूहबीच झण्डै चार महिनापछि भेट हुन लागेको हो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here