झापा। 
झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटहरी उप–महानगरपालिका–४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी–७ बस्ने २४ बर्षीय लोकनाथ भण्डारीलाई सोमबार दिउँसो लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।






























