भूमि सम्वन्धी समस्या समाधान गर्न अभिमुखीकरण

0
1172

बिर्तामोड ।

लुथरन वल्र्ड फेडेरेसनको आर्थिक सहयोगमा सञ्चालित न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा (एसएनजेडी ) र गौरीगञ्ज गाउँपालिकाको आयोजनामा भूमि सम्वन्धी समस्या समाधानका बारेमा पालिकाका पदाधिकारी र सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको एसएनजेडी झापाका कार्यक्रम संयोजक कुमार चुडालले बताए ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बावुराजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला कार्यसमिति झापाका सदस्य सचिव रुद्रप्रसाद न्यौपाने , विज्ञ सदस्य राधाकृष्ण खनाल र सदस्य मदन अधिकारीले गरेका थिए ।

कार्यक्रममा सहजकर्ता न्यौपाने, खनाल र अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्यविधी २०७७ , भूमि सम्वन्धी समस्या समाधानमा स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको जिम्मेवारीलगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बावुराजा श्रेष्ठले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि भूमिसम्बन्धी ऐनलगायतका प्रचलित कानून अनु्सार काम गर्न भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला कार्यसमिति झापा संग सम्झौता शुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल , सवै बडाका अध्यक्ष , उपाध्यक्ष , वडा सदस्य , वडा सचिव , कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै एसएनजेडी झापाको तर्फबाट अध्यक्ष सोमनाथ भट्टराई , कार्यक्रम संयोजक कुमार चुडाल, योजना अनुगमन तथा मुल्याङ्कन अधिकृत रञ्जन धमलालगायतको सहभागिता रहेको थियो ।

सोही प्रकारको अभिमूखिकरण कार्यक्रम झापा गाउँपालिकामा समेत सम्पन्न गरिएको एसएनजेडी झापाका योजना अनुगमन तथा मुल्याङ्कन अधिकृत धमलाले बताए ।

एसएनजेडी झापाले झापाका १५ वटै स्थानीय तहका मेयर , उपमेयर, अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृतलगायतको सहभागितामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here