
विश्वका कम्युनिस्ट शासित किंवा कम्युनिस्ट बहुल देशहरुमा पनि तिनका अग्रगण्य नेताहरूले आफूलाई नेपाली मूलका, हाल सम्पूर्ण उच्चतासाथ राष्ट्रिय राजनीतिक चलखेलमा सक्रिय नेताहरूले जस्तै रक्तपातपूर्ण हत्या–हिंसाबाटै आफूहरूलाई स्थापित गरेका हुन् कि तिनका भिन्नै पृष्ठाधार छन् भन्ने यो लेखकलाई यकिन छैन । तर, वर्तमान नेपालका शासक एवम् व्यवस्थापिकामा बहुमत प्राप्त कम्युनिस्टको पृष्ठभूमि छिन्केर हेर्दा हाल उपल्लो शिविरका हैकमी हैसियतधारी नेताहरु हत्या–हिंसाको आतंकी मनोविज्ञानबाटै पन्पाउँदै त्यस टुङ्गोमा जम्न पुगेका देख्नुलाई ‘दृष्टिदोषी’ आरोप उरालेर थिचोमिचो गरिनु न्यायसंगत कदापि मान्न सकिन्न । ‘सत्य एक्लै भए पनि बहुमतमा हुन्छ’ भन्ने विश्वमान्य सूक्तिको सम्मानार्थ त्यो सत्यलाई स्वीकारिनु सर्वथा मुनासिब हुन्छ ।
अहिलेको नेपाली राजनीतिक र शासकीय दृश्य–परिदृश्यहरूमा स्वच्छन्द अवतरित भइरहेका कम्युनिस्ट नेता–नायकगणले उनीहरूको एकाधिपत्यमार्गी सपनालाई साकार तुल्याउने कसरतको प्रारम्भ गर्दा २०२५–०२६ सालदेखि नै नेपाली मान्छेलाई बलि चढाउन थालेका हुन् । आततायी शैलीमा २०२८ साल जेठ ३ गते झापाको तत्कालीन ज्यामिरगढी गाउँ पञ्चायत वार्ड नं. ३ का विपन्न मोही किसान परिवारका एकमात्र सहारा कर्णबहादुर गौतमको दृशंस हत्याबाट प्रारम्भ भएको नरहत्याको श्रृंखला अन्तर्गत नौ निर्दोष झापालीले ज्यान गुमाउनु परेको थियो । र, त्यही रक्तपातलाई ‘झापा विद्रोह’ नामाकरण गरिएको छ— जसमा टेकेर आजको उपल्लो नेतृत्वपंक्तिका कतिपयले आफ्नो अस्तित्व आकृत गर्न प्रारम्भ गरेका हुन् । अतः हाल झापा आन्दोलन (झापा विद्रोह) भनिन थालिएको २०२८ देखि २०३१ सालसम्मका विवरण समेटेर यो लेखकले एउटा लामो इतिवृत्तात्मक लेख वि.सं. २०४५–०४६ तिर काठमाडौंबाट जनार्दन आचार्य (हाल स्वर्गीय)–द्वारा सम्पादित प्रसिद्ध साप्ताहिक ‘समकालीन’–मा प्रकाशित छ । त्यो लेख उल्लिखित झापा–काण्ड विषयमाथि विद्यावाधि (एज।म्।) गर्ने हाल डा. राजकुमार पोखरेल प्रभृतिले आधार–सन्दर्भ (चभाभचभलअभ)–को रूपमा उपयोग गरेको यो लेखकलाई थाहा छ ।
२०५१ साल फागुन १ गते रोल्पाबाट माओवादी कम्युनिस्टले शुरु गरेको सशस्त्र जनयुद्ध नामको हत्या, हिंसा, लुटपाट र विध्वंशले झन लगभग एघार वर्षसम्म उपद्रव नै मच्चाएको थियो । यो प्रकरणमा प्रकटित तथ्यांकले १८ हजार नेपाली मारिएको बताए पनि अप्रकटमा कति हो कति नेपालीको बलि चढाएर सम्पूर्ण देशलाई आतङ्कको भयावह भुङ्रोमा होमेको थियो भने अर्बौ–खर्बौका राष्ट्रिय सम्पत्ति विध्वंश पारेको थियो । सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सन् १९४९ तिर चीनमा उर्लेको माउ–त्से–तुङीय नाराको पुनरावृत्त गर्दै उरालिएको ‘जनयुद्ध’–को धरातलमा उदित यो अर्को शक्तिशाली समूह संवैधानिक सतहमा आएपछि त्यसका अगुवा–नायिकेहरूको सत्तालिप्सामा बिटुलिएको अवस्थातिर धकेलिँदो छ । आफैमा टुक्रिँदै गएको यो पार्टी टुक्रा–टुक्रामा विभक्त भई, सगोल हुँदाका सुप्रिमो, पुष्पकमल दाहाल ‘प्रचण्ड’—को केही ठूलो भाग (टुक्रो) मात्र आज आमरूपको सरल जानकारीको ‘माओवादी’ रहेको छ । नेपाली कम्युनिस्टको सनातन परम्परागत स्वभाव बमोजिम साविक माओवादीबाट टुक्रिएकाहरू बेलाबखत ‘वक्तव्य’–मा मात्र झुल्किने भए पनि तिनका कारण माओवादीको साविक दम (कतबmष्लब) घटेको विश्लेषण हुने गरेको छ र शायद यसैकारण २०७५ साल जेठ ३ गते साविक एमालेसँगको एकीकृत नेकपा शिविरमा जम्न नसकेर कुँजिएको (मयmष्लबतभ भएको) हीनताग्रस्त मानसिकता अन्ततः वैभिन्न्यको कारक बनेको हो पनि भनिन्छ । र, आफ्नै मातृपार्टी विरुद्ध पद प्राप्तिको स्वार्थ खातिर बिप्लवी (चभदभििष्यगक) बनेका एमालेका शीर्ष पंक्तिका नेता पुनः सोही पार्टीमा लुब्धिएपछि आजको नेपाली कम्युनिस्ट क्याम्पभित्रको समग्रतामा ‘प्रचण्ड’ नेतृत्वको माओवादी पार्टी महाभारत–कथाको ‘त्रिशंकु’ बनेको पनि विश्लेषण हुन थालेको छ । यो स्थितिको अन्तर्य अरु नै केही भए उनीहरू दुई पक्षका शीर्षहरुले जानुन् । तर, सत्ताको चुम्बकीय शक्तिले राजनीति घाइते भएको परिणामस्वरुप यसो भएको हो भने दुबै पक्षमा ‘राम ! – राम !’ लाई भन्न सकिने अवस्थाको विकल्प रहँदैन ।
शुरु पृष्ठभूमि बमोजिम निर्मित धरातलमाथि उभिएका दुई कम्युनिस्ट पार्टीले संयुक्त भई नेपालको शासनभार सम्हालेको तीन वर्ष कुनै हाँस्य कलाकारको ‘जुन दिन तिमी साँचो बोल्छौ त्यस दिन हरिश्चन्द्रको आत्मा रुनेछ’ संवाद दोहोर्याउनयोग्य रह्यो । अदालतले यी दुईलाई नदीका दुई किनारमा उभ्याइदिएपछि त झन संविधानले राज्यक्तिको श्रोत मानेको नेपालीका अधिक अधिकांश हुँदा खानेदेखि नेता–नायकमुन्तिरसम्मका नेपालीका नूनिला आँशुमा पीरो पनि थपिने संभावनामा घुघुत्ति खेल्न थालेको छ । र, यही नेपाल र नेपालीको वर्तमान नियति नै बनेको छ ।
मूलतः ‘राजनीति’–को परिभाषामा आउने सारभूत सिद्धान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’–मा भिमलाएको छ । राजनीतिमा उसको विधागत धर्म, सिद्धान्त, आदर्श र नैतिकतामा अन्तरस्खलन झनझन बेरोक बन्दै गइरहेको छ ।
सिङ्गो नेपाली राजनीतिका जिमिन्दार, पटवारी, जिम्मावाल र चौकीदार दर्जाका हकवालाहरू आ–आफ्ना अधिकारवृत्तमा स्वेच्छाचारी चलखेल गर्न मनग्गे स्वतन्त्र छन् । त्यही स्वेच्छाचारिताको दलन–थिचोमिचो पहिलो पंक्तिमा, दूर देहाती गाउँले घर–घुर्यानका बाँसधारीका पाइखाना वरिपरि सप्रिएका ठोट्ने र उनिउँहरू झैं, मौलाउँदै गए सँगसँगै सत्तारुढभित्रको, आहि«स र स्वार्थनिस्सृत, महत्वाकांक्षा उही बेगामा उसरी नै मौलायो । संविधान निर्दिष्ट कत्र्तव्यमा प्रवृत्त हुनपर्ने प्रमुख र सहायक प्रतिपक्षीहरू त्यस अवस्थाबाट क्षणिक र वैयक्तिक फाइदाको दलालीमा रुमलिँदा भए । यसैबीच कोरोना (कोभिड–१९)–को विश्वव्यापी प्रकोप उपस्थित भयो— नेपाल अछुतो रहने कुरै थिएन । तर, नेपाली जनताले एकातिर कोरोनाको कहरसँग जुध्न सरकारको थप आश्रित हुनु स्वाभाविक थियो भने सरकारका आधिकारिक जिम्मेवार पात्रहरू चाहिँ जनतालाई कानूनका सिर्कन लाउँदै उठाएका करतिरोबाट भत्ता डकार्दै गाईजात्रे घर–झगडामै अहोरात्र अनुरक्त रहे । अर्थात्, जम्मैमा देश किचोला–कचेडाको अखडा बन्यो । यी सबै प्रकरणहरू एकै ठाउँ जोडेर मोठ टिप्पणी गर्ने हो भने लाखौं ‘मान्छे’को ज्यान लिइरहेको कोरोनाको प्रत्यक्ष कहरभन्दा राजनीति नामको जुँगाको लडाइँ, कर्कश दन्तबझान, शक्तिको दम्भ, महत्वाकांक्षीका भुस्याहा धम्की र त्यसबाट उत्सर्जित मैला–कचेडायुक्त राष्ट्रिय एवम् सामाजिक विचलनको कहरबाट धेरै बढी पीडित–प्रताडित छन् । यद्यपि ‘रैती’ बाट ‘प्रजा’ हुँदै बल्ल ‘जनता’सम्म बनेका आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिइरहेको यो देशका आजका नेपाली ‘नागरिक’ हैसियतमा छैनन् । नागरिकताको प्रमाणपत्रको प्राप्ति मात्रले कुनै देशको कोही सक्कली (दयलबाष्मभ) नागरिक भएको हुँदैन, उसले नागरिकको मानसिक हैसियत प्राप्त गर्न पाउनु पर्दछ । यहाँ नेपालीको अत्यधिक बहुसंख्या केवल विभिन्न राजनीतिक पार्टीका उम्मेदवारलाई मतदान गर्ने बखतका खेताला (धबनभच रु) मात्रको हैसियतमा छ । बस्, त्यतिका लागि ‘जनता’– मा दर्ज भएका हुँदाहुन् । अन्यथा, इतिहासमा वर्णित आम नेपालीको मानसिक हैसियत, राज्य र तिनका पास्परिक सम्बन्धको अन्तर्य, शासक र शासितका जीवनदैनिकीको पार्थक्य इत्यादिले आजका नेपाली उल्टो विधातिर अर्थात् ‘रैती’तिरै धकेलिँदै गएका छन् । समय र विश्वमा दहि«ँदै गएको आधुनिकता सापेक्ष बोल्ने–चिच्याउने चेतको स्वतःस्फूर्त मान्न सकिने प्रस्फुरण (झबलमतष्यल) बाहेक नेपाली जीवनमा के तात्विक परिवर्तन आएको छ वा आउने संभावना देखिँदै छ र ?
यी अक्षर लेखिरहेको कलमीले विगत छ दशकदेखि सूचना सेवामा निरन्तर प्रवृत्त रहिरहँदा टेकेका कोशे ढुंगाहरूमा जहिल्यै खबरदारीको असजिलो र अक्करिलो बाटो नै रोज्यो । तर, आज मुलुकमा प्रकीर्ण परिस्थिति जस्तो आँक्न अत्यन्तै गाह«ो परिस्थिति यसअघि कहिल्यै अनुभूत भएको स्मरण छैन । अर्थात्, कागज फैलाएर कलम समाएपछि अहिले कुनै पनि अवैकल्य कलमीले आफूमा त्यही अप्ठ्यारो अनुभूत गर्ला, जस्तो — झापाको अविकसित भूभागमा रहेको सुदूर दक्षिणस्थित घेराबारी–पथरियातिरका हाटबजारमा दाउरा बेचिखाने कुनै विपन्न र निरीह व्यक्ति बिर्तामोडको कुनै डिपार्टमेन्टल स्टोरमा पस्न पुगेको छ— के किन्ने, के नकिन्ने ? अथवा आफ्नो हविगत अनुसार किन्न के छान्ने !
विकास, समृद्धि र सुखका एकपछि अर्को मखमली र रेशमी भाषण गाएको निरन्तर सुनिन्छ । भए–गरेका जन–कल्याणकारी कामका फेहरिस्त सुनाइन्छ । कोही गरीब, भोको–नाङ्गो र दुःखी हुन नपर्ने दिन ल्याइएको गुलियो र कर्णमधुर आश्वासन प्रक्षेपण भइरहन्छ । कम्युनिस्ट धर्मगुरुहरूका सैद्धान्तिक सूक्तिको फलाको दिने उछिन्पाछिन् देखिन्छ । जनताको सर्वोपरिताका स्तोत्रहरूको ध्वनि सदैव गुञ्जित छ । भ्रष्टाचार–कमिशनखोरी हुन नदिने किरिया–कसम जुनसुकै भाषणरुपी गीतका बोल (थिचष्अ)–मा दाउन हालिन्छ । शान्ति–सुरक्षाको सफलताका परिपाठ लाउँदै ताली उरालिन्छ । राष्ट्रवादको गगनभेदी नारा उरालिन्छ । शिलान्यास र उद्घाटनका प्रायोजित अनुष्ठानहरूबाट आउने चर्का शंखध्वनि भरमार सुनिन्छन् । सडक निर्माण भएका किलोमिटरको ग्राफ बढिरहेको उद्घोषमा फूल–बुट्टा भरिएका भरिएकै छन् । हत्या, बलात्कार, कालो धन्धा, घुसखोरी, मिलिभगते अनियमितता आदि जनघाती कुकर्मका मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको संख्या बढ्नुलाई सरकारको तदारुकतामा सूचिकृत भइरहेका छन् । सीमा–नाकाहरूमा ऐन–कानूनहरूको पूर्णरुपेण पालना भइरहेको लोरी तलदेखि माथिसम्मका वातानुकूल कोठाहरूको विशेषता बनेको छ । शिक्षा–स्वास्थ्यको सरकारी व्यवस्थामा माफियाहरूको नकारात्मक प्रभाव छँदै छैन । देशमा गरीब–विपन्नहरू र मन्त्री, सांसद, सल्लाहकार, आठपहरिया, भारादारहरू इत्यादिका मोटाइ, तडकभडक, ठाँटबाँट आदि सान–सौकतमा कुनै भिन्नता देख्न दिइएको छैन । ठेक्कापट्टाका काम चुस्तदुरुस्त अघि बढिरहेका छन् । …….अथवा समग्रमा देशले स्वर्णयुग तय गर्ने बाटो अख्तियार गरिसकेको छ । इत्यादि–इत्यादि ।…
साँच्चै नेपालमा अहिले यस्तै भइरहेको छ कि ‘राज्य’–का पाल्सी वा विद्रुप प्रस्तुति हुन् यी ? त्यसो भए अब यो देशलाई कतातिर घिसारिँदैछ त ? कि शुरु पृष्ठभूमिमा प्रयोग भएका घातक हतियारका सट्टामा नयाँ किसिमको अदृश्य (ष्लखष्कष्दभि) हतियारको प्रयोगबाट सर्वव्यापीरूपमा सत्य (तचगतज)–को हत्या गर्न जनबोलि बन्द गर्ने नयाँ विद्रोहको पूर्वाधार तयार भइरहेको हो ? कुरै पो बुझिन छाड्यो बा !….


























