पुरुष हिंसा

0
1260

समानताको न्याय खोजिरहेको नेपाली समाजमा महि ला र पुरुषका अधिकार अनि कर्तव्यलाई निकै साँघुरो ढंगले बिभाजित गरिएको छ । दैनिकरुपमा महिला माथि भएका अन्याय र अत्याचारलाई सामाजिक सञ्जाल, बुद्धिजीवीका विश्लेषण, मानव अधिकार र अन्य थुप्रै सम्बन्धित निकायले खुबै राम्ररी केलाइरहेका हुन्छन् । एउटै सिक्काका दुई भाग महिला र पुरुष भएता पनि समस्या र शोषणका सिकार भएका महिला कै समस्याले समाजमा उच्च स्थान पाइरहेको देखिन्छ ।

यद्यपि अधिकांश महिला पुरुषबाटै शोषित भएका हुन्छन् । वर्तमान नेपाली समाजमा भइरहेका महिला हिंसा अत्यन्तै पीडादायक छन् । विभिन्न सामाजिक संस्थाको वकालत, युवावर्गको सडक सत्याग्रह, महिलाहरुको आवाजले पनि सरकारी निकायको ध्यानाकर्षण गर्न नसक्नु नेपाली समाजको लागि निकै दुःखको कुरा हो । समाजमा भएका महिला ंिहसाका बारेमा बोल्ने सामाजिक संस्थाको तुलनामा पुरुष माथि भएका हिंसाका विरुद्धमा बोल्ने त्यस्ता निकायको संख्या निकै कम रहेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा समाजमा पुरुष पनि हिंसाका सिकार बन्न पुगेका छन् ।

पुरुष हिंसा कसरी ?

आर्थिक क्षेत्र कुनै पनि परिवारलाई चलायमान बनाउने एउटा दर्बिलो र अति आवश्यक पक्ष हो । युवा उमेर मै प्रेम बन्धनमा गाँसिएका प्रायः पुरुषहरुको प्रेम कहानी, विवाहको केही वर्षमै भएका प्रायः सम्बन्ध बिच्छेदका कहानी प्रायः आर्थिक कुरासँग गाँसिएको हुन्छ । मानिसका सोचाइमा खुसी ठूलो कुरा हो भन्ने भान भए पनि आर्थिक पाटो मजबुुत नभएको परिवारमा झैं–झगडा र साना– साना कुरामा मनमुटाव भइरहेकै हुन्छ ।

हाम्रो समाजमा छोरी मान्छे भन्ने बित्तिकै चुलाचौका सम्झने अनि छोरा मान्छे कमाउनेतिर भन्ने सोचले पनि निकै ठूलो प्रभाव पारेको छ । आफ्ना श्रृंगारदेखि लगाउने लत्ताकपडासम्ममा श्रीमान्मा निर्भर भएका स्त्रीहरुले कमाउन गएका पुरुषहरुमा बिलासिता र ऐसआरामको आवश्यकता राख्नु अनि पूरा नभएमा सम्बन्ध बिच्छेदसम्म गर्ने र बिलासिताकै लागि परपुरुषसँग लाग्नुपर्ने एक प्रकारको मानसिक हिंसा नै हो ।

पुरुषमाथि राखिएका मापदण्ड, तत्कालीन अवस्थामा विवाह गर्नकै लागि भए पनि अमेरिका, अष्ट्रेलिया पुगेर पीआर पाएको हुनुपर्ने, आर्थिक रुपमा मजबुत नभएमा पुरुषबाटै हाँसोको पात्र बनिनुपर्ने, दैनिक र मासिक आम्दानीकै आधारमा अझ भनौं साधारण जीवन बिताएमै पनि समाजले गर्ने व्यवहारमा फरक हुुने, खुलेर दुःखमा रुँदा समाजले नै– छोरा मान्छे भएर रुन्छन् भनी गिज्याउने, कोही पुरुषलाई श्रृंगार गर्ने इच्छा हुँदाहुँदै पनि ऊ श्रृंगार गरेर हिडेमा (ट्रान्स्जेन्डर) भनेर उपनाम दिने, श्रीमतीले भनेको कुरा मानेको खण्डमा जोइटिङग्रेको उपनाम दिने, झंै–झगडा देखेर भागेमा डरपोकको उपनाम दिने बच्चा उमेरदेखि नै परिवार पाल्नुपर्ने जिम्मेवाीबोध गराउने । यस्ता कुराले पनि समाजमा पुरुषप्रति मानसिक हिंसा भइरहेका हुन्छन् ।

कमाउन कै लागि श्रीमतीलाई घरमा छाडेर बाहिर गएका पुरुषका प्रायः श्रीमती कमाएको धन–सम्पत्ति लिएर पर–पुरुषसँग जाने, एक्लै बस्न रुचाउने अर्थात् सासु–ससुराप्रति रिसरागको विचार राख्ने महिला बुहारीले गर्दा प्रायः पुरुषहरु बुवा–आमादेखि अलग्गिएर बस्नु पर्ने र कुनै अवस्थामा बुवा–आमालाई वृद्धाश्रमसम्म लगेर राख्नुपर्ने विवशता हुने गरेका छन् । जसले गर्दा श्रीमतीसँगको सम्बन्ध बचाउने निहुँमा श्रीमतीबाटै सम्बन्धको नाममा अत्याचारको सिकार बनेका पुरुषहरु प्रशस्त मात्रामा हिंसाका सिकार भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here