
पोखरामा बस्ने सीता अमेरिकामा बस्ने विदेशी नागरिकसँग प्रेम विवाह गरेर गइन् । अमेरिकाको सपना देखेर सीताका बा–आमाले पनि स्वीकारे । सीता पोखरामा पथप्रदर्शक थिइन् । उनीहरुको प्रेम भएपछि विवाह भएको थियो ।
सीता अमेरिकामै रमाउन थालिन् । महङ्गो–महङ्गो गाडी चढ्न पाइन् । विदेशी रहनसहनमा घुलमिल भएर कपाल छोटो पार्दै रंगीचंगी बनाएर हिँड्न थालिन् । अमेरिकामा बस्न थालेपछि पैसा पनि कमाउन थालिन् ।
समय बित्दै गयो । विवाह गरेको सात वर्ष पुग्दा पनि सन्तान नभएपछि उनीहरु चिन्तित हुन पुगे । नेपालमा भएको एक मन्दिरमा पूजापाठ गर्दा सन्तान हुन्छ भनेको सुनेपछि दुबै जना नेपाल आए । बेलुका मन्दिर छेउको होटलमा बास बसे ।
कथा
सीताको बाल्यकालदेखिको साथी प्रकाशले होटल चलाएको रहेछ । दिनभरि हिँडेर थाकेर आएकाले सीताको श्रीमान् बेलैमा सुते । सीता भने बालसखा प्रकाशसँग गफ गर्दै सोधिन्
‘विवाह किन नगरेको नि ?’
प्रकाशले भने ‘१२ कक्षा पास गर्न नसकेपछि म विदेश गएँ । उता पनि सोचे जस्तो भएन । अनि म फर्किएँ स्वदेश । अलि–अलि कमाएको पैसाले यहाँ व्यवसाय गरेको । व्यवसायमा लागेपछि बिहेतिर ध्यानै गएन । तिमी त बिहे गरेर अमेरिका गइछौ । छोराछोरी कति भए नि ?’
सीता केही बोलिनन् । रात छिप्पिँदै थियो । प्रकाशले कुरा कोट्याए ‘तिमी झन् राम्री भइछ्यौ नि ।’ दुवै जना मस्कीमस्की कुरा गर्न थाले । प्रकाशले कफी लिएर आयो ।
‘म सानोमा तिमीलाई मन पराउँथे नि । तर तिमीलाई भन्न सकिनँ ।’
‘म पनि तिमीलाई राम्रो लाग्थ्यो नि ।’ सीताले सहमति जनाइन् ।
बिस्तारै दुवैमा कामवासना जागृत भयो । प्रकाशले हात समाएर कुरा ग¥यो । पुसको चिसो महिनामा प्रकाशको तातो हातको स्पर्शपछि सीता रोमाञ्चित भई । बिस्तारै–बिस्तारै आलिङ्गन र चुम्बनमा दुवै मग्न भए । त्यसपछि सीताले आफ्नो लोग्ने साथमै छ भन्ने नै बिर्सिइन् । प्रकाशसँग ज्यादै खुशी भई त्यो रात ऊ ।
बिहान सबरै उठेर सीताका दम्पत्ति बाटो लागे । वर्ष दिन नहुँदै सीताले छोरो जन्माइन् । सीता र उसको लोग्ने पनि खुशी भए ।
छोरो ५ वर्ष पुग्यो । अमेरिकाको एक पार्कमा खेलिरहेको थियो । सीताको लोग्नेले भन्यो ‘लुक एट द आओर सन् । ड्याट इज गड गिफ्ड ।’ सीता हेरिरहेकी थिइन् प्रकाशको प्रतिबिम्ब ।



























