सुनसरी।

सुनसरीको इटहरी–१२ खनार चोकमा सञ्चालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रालिमा आगोलागी हुँदा करोडौंको क्षति भएको छ ।
फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको प्रहरीले जनाएको छ । आगो चारवटा दमकल, प्रहरी, कामदारको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगोबाट अन्दाजी १० करोड बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।






























