सुनसरी।
सुनसरीको इनरुवा नगरपालिका–४ स्टार होटल अगाडीबाट नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१९ का ६६ बर्षीय टेकबहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् ।
नक्कली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट नेपाली जाली नोट एक हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गराई थप अनुसन्धान समेत भईरहेको सो कार्यालय जनाएको छ ।






























