अवैध सुनको कारोवार गर्ने एक जना पक्राउ

0
524

सुनसरी।

सुनसरीको इटहरी–१६ घर भई हाल इटहरी ६, कालिका गोल्ड एण्ड सिलभर हाउसका सञ्चालक २८ बर्षीय शेखराज घिमिरेलाई अवैध सुनको टिल सहित पक्राउ गरिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई इटहरी ६ स्थित विराटनगर लाईनबाट हिडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद एक लाख ५८ हजार सहित पक्राउ गरेको हो ।

घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री बितरण गर्न हिडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई बरामद गरेको सुन सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here