एकाघरका तीन दाजुभाइको मृत्य: अस्पतालमा बेड खोज्दाखोज्दै जनप्रतिनिधिको एम्बुलेन्समै ज्यान गयो

0
445

झापा, कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एक÷एक दिनको अन्तरमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । शुक्रवार विहान इम्तियाजको मृत्यु भएको स्रोतव्यक्ति वलीले बताए । सात दाजुभाइमध्ये जहीर कान्छा, एजाज राइलो र इम्तियाज काइँलो हुन् । उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालगञ्जको वीपीचोक नजिकै व्यापार गर्दै आएका जहीरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको शुक्रवार मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाइको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए । बिहीवार राति मात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० जना कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यसैबीच अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एक जना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका–७का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै मृत्यु भएको हो । थापालाई एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए ।

बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पु¥याइएको थियो । तर, अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पु¥याइएको थियो । ‘तीन वटै अस्पताल पु¥यायौं । तर कतै पनि बेड पाएनौं’– भट्टराईले भने– ‘अन्ततः उहाँको एम्बुलेन्समै निधन भयो ।’ उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए । स्वर्गीय नवीनका श्रीमती र १ छोरी छन् । यता विवाह तथा पूजामा मानिसको जमघटबाट यहाँका दुई बस्तीमा सङ्क्रमण उच्च रहेको छ ।

वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं. १को धरमपानीमा विवाह तथा चौरासी पूजामा सहभागी भएका अधिकांशमा सङ्क्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख एवम् जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए । कल्लेरी गाउँमा आयोजना गरिएको विवाहमा सहभागी भएकामा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि आइतबार गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । कल्लेरी गाउँमा स्वास्थ्य समस्या देखिएको खबर पाएसँगै गह्रौँ प्राथमिक अस्पतालका चिकित्सकसहितको टोलीले गाउँमै पुगेर एन्टिजेनमार्फत परीक्षण ग¥यौँ– शाखाप्रमुख पाण्डेले भने– परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना पुष्टि भयो, उहाँहरुलाई आवश्यक औषधि तथा परामर्श दिएर फर्कियौँ । सङ्क्रमणको दर उच्च रहेकाले कल्लेरी गाउँलाई सिल गरी आवतजावतमा कडाइ गरिएको छ । हाल उक्त गाउँमा ४०भन्दा बढीको सङ्ख्यामा सङ्क्रमित छ । तीन÷चार जनामा केही समस्या देखिए पनि अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको शाखाप्रमुख पाण्डेले बताए । त्यस्तै धरमपानीमा यही वैशाख १४ गते गाउँमा आयोजना गरिएको चौरासी पूजामा सहभागी भएकाहरुमा गरिएको परीक्षणमा एउटै गाउँका १९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पूजामा सहभागी भएकामा लक्षण देखिएपछि २५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको वडा नं १ का वडाध्यक्ष एवम् नगर प्रवक्ता केदार काफ्लेले बताए । बाक्लो बस्ती रहेको गाउँमा चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका समस्या देखिएपछि परीक्षणका क्रममा ठूलो सङ्ख्यामा सङ्क्रमित रहेको पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here