पाँचथर, नेपाल प्रेस युनियन पाँचथरका पूर्व उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथर उपाध्यक्ष एकराज भण्डारीको उपचाररर्थ नेपाल प्रेस युनियन पाँचथरले ४ लाख भन्दा सहयोग रकम संकलन गरेको छ ।
कोभिड १९ कोरोना संक्रमण भई उपचाररर्थ झापाको विर्तामोडस्थित पूर्ण तुङ्ग विर्ता सिटी हस्पिटलमा सधन उपचार कक्षमा उपचाररत भण्डारीको उपचारका लागि उक्त ४ लाख २९ हजार ७ सय ९२ रुपैया रकम संकलन भएको हो ।
अहिलेसम्म भण्डारीको उपचारका लागि २ लाख ६० हजार १ सय ६५ रुँपैया रकम एकराज र एकराजकी श्रीमतीको बेंक खातामा युनियनले जम्मा गरिसकेको छ । अब बाँकी रकम पनि आवश्यकता अनुसार परिवारका सदस्यलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको युनियनका पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले बताए ।
जिल्लाका सम्पूर्ण संचारकर्मी,संघ संस्था,उद्योगी,ब्यवसायी,विद्यालय,संघ संस्था सवै बाट गरी उक्त रकम संकलन भएको हो । दैनिक ५० देखि ६० हजार रुपैया खर्च भण्डारीको उपचारको निम्ति आउन थालेपछि युनियनको पहलमा रकम संकलन गरिएको युनियनले जनाएको छ ।
यस्तै युनियन बाहेक अन्य संघ संस्था तथा ब्यक्तिबाट पनि भण्डारीको उपचारको लागि सहयोग रकम जुटेको छ । अहिलेसम्म हिलिहाङ गाउँपालिकाले १ लाख रुपैया,नेपाल पत्रकार महासंघ झापाको तर्फबाट ७५ हजार ५ सय रुपैया,कंचजंघा एकेडेमी माध्यमाकि विद्यालय(संचालक,कर्मचारी बाट) ५० हजार रुपैया,कंचजंघा सहकारी फिदिम बाट ३२ हजार १ सय रुपैया,मार्कण्डय भण्डारी समाज अमरपुर बाट ३४ हजार १ सय रुपैया,नौलो साहित्य विहान बाट ५ हजार रुपैया संकलन भएको ती संघ संस्थाहरुले जनाएका छन् ।






























