फोटो खिच्न खोज्दा हात्तीले गर्यो आक्रमण

४ असार २०७८, शुक्रबार मा प्रकाशित

विराटनगर,

भारतबाट नेपाल छिरेको जङ्गली हात्तीको फोटो खिच्न खोज्दा त्यही हात्तीको आक्रमणमा परेर मोरङमा एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा शुक्रबार बिहान २१ वर्षे युवाको मृत्यु भएको हो । सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

राईका अनुसार बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेको थियो । गाउँमा आएका बेला धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो ।

गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ८:४० बजेतिर मृत्यु भएको डीएसपी राईले बताए । वडाध्यक्ष नुरुल मियाँका अनुसार भेला भएका स्थानीयले होहल्ला गरेर हात्ती धपाउन खोजेका थिए ।

त्यस क्रममा भाग्न खोजेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको उनको भनाइ छ । वडाध्यक्ष मियाँका अनुसार हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो लिन खोजेको पाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here