लडेर दुई जनाको मृत्यु

४ असार २०७८, शुक्रबार मा प्रकाशित

विराटनगर ।

ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ ।

ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बीरबहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाँडाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here