साहित्यकार तेराखको निधन

१६ असार २०७८, बुधबार मा प्रकाशित

झापा,

मेचीनगर नगरपालिका वडा नं. ९ निवासी प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख)को आज ७८ वर्षको उमेरमा निधन भएको छ ।

श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उहाँलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै उहाँको आज अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित उहाँको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो ।

टेस्ट ट्युब बेबी (नाटक), रातको बाह्र बजे (उपन्यास), प्रीय शान्तिनगर (खण्डकाब्य), ढाडेका नाकमा घिउ (निबन्ध) लगायत दर्जनभन्दा बढी उहाँका कृति प्रकाशित छन् । उहाँले मय विधाको प्रस्तावना लेख्नु भएको थियो ।

तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मनु भएको उहाँ हाल मेचीनगर–९ धुलावाबारीमा बसोबास गर्नुहुन्थ्यो । उहाँको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार पुण्यप्रसाद खरेलले बताउनुभयो ।

उहाँ झापाको वामपन्थी तथा शिक्षक आन्दोलनमा सक्रिय पुराना नेता पनि हुनुहुन्थ्यो । धुलावारी माध्यमिक विद्यालयमा शिक्षक रही उहाँ निवृत्त हुनुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here