बेर्ना बैंक : परिचय र आवश्यकता

३० असार २०७८, बुधबार मा प्रकाशित

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एमएमसी) लि. झापाले शुरु गरेको तेश्रो व्यवसाय ‘एमएमसी एकीकृत नमूना कृषि फार्म’मा गरिएका विभिन्न कृषि कर्म मध्येको एउटा काम बेर्ना बैंकको सञ्चालन हो । बेर्ना बैंकको शाब्दिक अर्थ बेर्ना भनेको बिरुवा र बैंक भनेको पाउने स्थान भन्ने बुझिन्छ । बिरुवा पाइने ठाउँलाई बेर्ना बैंक नामाकरण गरिएको हो । यसलाई चलनचल्तीको भाषामा नर्सरी पनि भन्न सकिन्छ । तर, एनएमसीले बेर्ना बैंक भनेर फरक नाम राख्नुको कारण भनेको नर्सरी भन्ने बित्तिकै पूmल र फलका बिरुवा पाइने ठाउँ भन्ने बुझिन्छ । अहिलेका चल्तीका सबैजसो नर्सरीमा फलपूmलका बिरुवा पाइन्छ । तर, तरकारीका बिरुवा पाइँदैन । यस्ता नर्सरीले तरकारीका बिरुवाको उत्पादन नगर्नु र नबेच्नुको कारण यस्ता बिरुवाको मूल्य थोरै हुन्छ । थोरै मूल्यमा बेचिने समानमा नाफा पनि थोरै हुन्छ ।
बजारमा स्तरीय तरकारीका बिरुवा पाइँदैन । यो अभाव पूरा गर्न एनएमसीले मौसम अनुसारका स्तरीय जातका तरकारीका बेर्ना उत्पादन गरेर करेसाबारी, कौसी, छत र व्यावसायिकरुपमा खेती गर्न चाहने किसानलाई सहजरुपमा उपलब्ध गराउने उद्देश्य लिएको छ । एनएमसीले २०७४÷०७५ सालदेखि नै तरकारीमा करेला र कुरिलोको बिरुवा उत्पादन गरेर सदस्यहरुलाई बिक्री गरेका थियौं । यसको नतिजा राम्रो देखियो । जब एनएमसी एकीकृत नमूना कृषि फार्मको शुरुवात गरियो तब स्तरीय जातका तरकारीका बेर्ना उत्पादन गर्ने र सहुलियत मूल्यमा बिक्री गर्न शुरु गरियो । त्यसैले यो काम चल्तीका नर्सरीकोभन्दा फरक भएकाले यसलाई नर्सरी नभनेर बेर्ना बैंक नामकरण गरियो ।

बेर्ना बैंकको आवश्यकता किन ?

सबैको चाहना हुन्छ भान्सामा चाहिने तरकारी ताजा र बिषादि मुक्त होस् । कम मूल्यमा किन्न पाइयोस् । तर, यो चाहना पूरा हुन सकेको छैन । पहिला हामी खानामा भातलाई प्रमुख मान्थ्यौं । अहिले बढेको स्वास्थ सचेतना र घटेको शारीरिक श्रमका कारण सन्तुलित भोजनको प्रयोग बढेको छ । सन्तुलित भोजनमा तरकारी, सलाद, फलपूmल र प्रोटिनका श्रोत माछामासु, अण्डा, घिउतेल, दूधजन्य पदार्थ आदिको प्रयोग बढेको छ । नियमित भान्सामा प्रयोग हुने तरकारी र सलादको स्रोत बजार बनेको छ । बजारमा पाइने यस्ता वस्तु न हामीले चाहे जस्तो ताजा र विषादीमुक्त छन् न त कम मूल्यमा नै पाइन्छ । त्यसैले हामी बाध्य भएर बजारले जुराइदिएको बासी, विषादीयुक्त र महङ्गो मूल्यमा किनेर भान्साको छाक टार्न बाध्य छौं ।

पहिला गाउँघरमा बारीमा भएको सागसब्जी नै धेरै प्रयोग हुन्थ्यो । खाँचो नहोस् भनेर मौसम अनुसारका तरकारी फलाउने उद्यम गरिन्थ्यो । यस्तो उद्यम खास गरेर परिवारमा महिलाहरुले गर्नुहुन्थ्यो । रैथाने बीऊहरु जोगाएर राख्ने गरिन्थ्यो । बीऊ जोगाउन चुल्हो, अगेनो माथि धुँवा आउने स्थानमा पोका पारेर राखिन्थ्यो । यसो गर्दा बीऊ जोगिन्थ्यो । किरा लाग्दैनथ्यो । तर, अहिले धँुवा आउने सबै चुल्हो विस्थापित भए । बारीमा रैथाने बीऊ उत्पादन हुन छाड्यो । युवा शहर पस्ने र विदेश जाने क्रम बढ्यो । युवा खेतबारीमा देखिन छाडे । पुरानो पुस्ताले अब धान्न नसक्ने हुँदै गयो । त्यसैले बारी बाँभैm हुन थाले । बिप्रेषण (रेमिट)ले भान्साको खर्च धान्न सजिलो भयो । रेमिटको आम्दानी र शहरी जीवनका कारण भान्सामा खपत हुने शतप्रतिशत तरकारीमा हामी बजारको भर पर्न थाल्यौं । यसले हाम्रो खानामा विषादीको मात्रा बढ्दै गयो । शारीरिक श्रम घट्दै गयो । क्यान्सर, मधुमेह, मुटुरोग जस्ता खर्चिला र प्राणघातक रोग बाक्लिदै गयो । आज हामी यस्ता रोगको शिकार हुन थालेका छौं ।

हामीमध्ये धेरैलाई करेसाबारीमा, कौशीमा, छतमा आफ्नो लागि तरकारी, सागसब्जी उब्जाउने रहर छ । कतिपयले यो शुरु पनि गर्नुभएको छ । तर, यसमा पनि समस्या छन् । बजारमा पाइने बीऊको बारेमा धेरै जानकारी छैन । कहिले, कुन सिजनमा, के लगाउने थाह छैन । कुन जातको राम्रो हुन्छ अथवा हाम्रा लागि कुन उपयुक्त हो जानकारी छैन । बीऊबिजनका पसल (एग्रोभेट)मा गएर बीऊ किन्दा कुन ठीक कुन बेठिक थाह हुँदैन । पसलेले जुन थियो त्यही ल्याउनुपर्ने बाध्यता छ । सस्तोमा किनेको बीऊको उमार क्षमता कम हुने, उम्रीहालेमा फल कम लाग्ने, फल लागि हालेमा कुहिएर झर्ने जस्ता समस्या हुन्छन् । मलको श्रोत छैन । त्यसैले गर्न चाहनेले पनि गर्न सकेका छैनन् । जसले गरेका छन् तिनले निकै मेहनत गरेर मात्रै सफल हुन सकेका छन् ।

स्तरीय अर्थात् राम्रो जानका बीऊ निकै महङ्गा हुन्छन् । प्याकेटमा किन्नुपर्दा आपूmलाई चाहिनेभन्दा धेरै हुन्छ । धेरै किनेर थोरै प्रयोग गर्दा झन् महङ्गो पर्न जान्छ । कुन सिजनमा कुन बिरुवाका लागि कस्तो तापक्रमको आवश्यकता पर्छ त्यो नसिकी जानिँदैन । यी र यस्ता अनेक ज्ञान सबैमा हुँदैन । त्यसैले चाहिएको बीऊ किनेर सानो–सानो तरकारी खेती गर्न सजिलो छैन । त्यही भएर चाहेर पनि घर–घरमा आपूmलाई चाहिने जति वा केही मात्रामा भए पनि तरकारी उत्पादन गर्न असहज हुने गरेको छ । एनएमसी बेर्ना बैंकको उद्देश्य सिजन र मौसम अनुसारका तरकारीका बिरुवा रोप्न योग्य भएपछि बिक्री गर्नु, बिक्रीपछि पनि रोप्ने हुर्काउने तरिकाका बारेमा जानकारी दिनु हो । कौशी, छत र सानो करेसाबारीमा चाहिने जैविक मल र जैविक विषादी एवम् प्रविधि उपलब्ध गराउनु हो ।

एनएमसीको अनुभव :

एनएमसीले २०७४।७५ सालबाट बेर्नाको अवधारणा ल्याएर बेर्ना उत्पादन र बिक्री गर्न शुरु गरेको हो । २०७७÷०७८ सम्म आइपुग्दा एनएमसी एकीकृत नमूना कृषिफार्ममा बेर्ना बैंकको छुट्टै युनिट खडा गरेर टनेलभित्र तरकारीका विभिन्न जातका बिरुवा जस्तैः कुरिलो, टमाटर, लौका, फर्सी, काँक्रा, घिरौला, चिचिण्डो, बैगुन, भिन्डी, सजिउन, बन्दा, पूmलकोपी, खुर्सानी, क्याप्सिकन लगायतका दर्जनांै जातका लाखौं बिरुवा बिक्री गरिसकेका छौं । घाँसको सुपरनेपियरको बिरुवा पनि करिब एक लाख जति बेचियो । यी बेचिएका बिरुवाले पक्कै केही राम्रो नतिजा दिएका छन् । त्यसैले बिरुवा लिएर जानेहरु पटक–पटक सिजन अनुसारका बिरुवा लिन दोहो¥याएर आउनुभएको छ ।

वडा–वडामा बेर्ना बैंकको स्थापना :

एनएमसीले नमूना कृषि फार्म (मेचीनगर–१४, झापा)मा सञ्चालन गरेको बेर्ना बैंकले सबैलाई सेवा दिन सक्ने कुरै भएन । त्यसैले एनएमसीको चाहना छ यस्ता बेर्ना बैंक वडा–वडामा स्थापित गर्न सकियोस् । यो सम्भव मात्रै होइन निकै सजिलो पनि छ । एउटा परिवारको राम्रो रोजगारी घरमै बसेर हुन्छ । बेर्ना बैंक स्थापना गर्न सानो ठाउँ (१० धुरदेखि दुई कठ्ठासम्म) भए पुग्छ । एउटा साधारण टनेल भए हुन्छ । केही ठाउँ खुल्ला नै हुँदा राम्रो । टनेलमा माथिल्लो भागमा राख्ने प्लास्टिक बाहेक सबै स्थानिय सामग्री (बाँस, डोरी, तार) प्रयोग गर्न सकिन्छ । टनेलभित्र बाँसको ताक बनाउन सकिन्छ । भुइँमा ढ्याङ उठाउन सकिन्छ ।

केही माटोको जोहो गर्ने, भएमा कोकोपिट प्रयोग गर्न सकिन्छ । बिरुवा उमार्न प्लास्टिकका ट्रे बजारमा किन्न पाइन्छ । प्लास्टिकका साइज अनुसारका थुङ्गा किन्न पाइन्छ । यस्ता ट्रे र थुङ्गामा माटो भरेर बीऊ राखी बिरुवा उमार्न सकिन्छ । यो काम गर्न धेरै पढेलेखेको हुनुपर्छ भन्ने पनि छैन । फेरि पढेलेखेकोले गर्न हुँदैन भन्ने पनि होइन । हप्ता दश दिनको तालिम लिएर यो व्यवसाय मज्जाले गर्न सकिन्छ । छोटो अवधिमा नै बिरुवा बेचेर पैसा लिन सकिन्छ । यस्तो तालिम र अन्य सपोर्ट लिन चाहनेका लागि एनएमसी सधैँ तयार छ ।

स्वास्थ हुन्छौं, खुशी बढ्छ र पैसा बचाउन सकिन्छ :

वडा–वडामा स्थिापित गर्न सकिने यस्ता बेर्ना बैंकले समाजमा र घर–घरमा तरकारी खेतीको बलियो आधार तयार गर्नेछन् । आफ्ना भान्सामा प्रयोग हुने वर्षभरिको तरकारीमध्ये हाम्रो चाहना र अलिकति परिश्रमले कति छाक आफ्नै करेसाबारी, छत एवम् कौशीमा उत्पादन गर्न सकिएला ? एक वर्षको ७३० छाक (दैनिक दुई छाक मात्रै मान्दा)मध्ये ५०, १००, २०० वा त्योभन्दा बढी पनि ? हामी जति छाक आफ्नो उत्पादन खान्छौं त्यति छाक विषादीमुक्त ताजा खायौं । पैसा बचायौं । तरकारी उत्पादनको ज्ञान सिक्यौं । परिवारका अरु सदस्यले सिके । बढी भएको छिमेकी, आफन्तलाई बाँडेर खुशी र प्रशंसा बटुल्न सक्छौं । अरुका लागि उदाहरण बन्न सक्छौं । राष्ट्रिय आम्दानी बढाउन सक्छौं, आयातलाई कम गर्न सक्छौं । सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो र परिवारको स्वास्थ राम्रो बनाउन सक्छौं ।

व्यावसायिक तरकारी खेतीको आधार :

 

त्यसैगरी अनुभव बढ्दै गएपछि छरछिमेकमा भएका जमिन वा आफ्नै जमिन प्रयोग गरेर व्यावसायिक तरकारी खेती शुरु गर्न सकिन्छ । नजिकै तरकारी फार्म देखेपछि मानिस सकेसम्म फार्ममै पुगेर तरकारी किन्न चाहन्छन् । सबैतिर बढ्दै गएको साना बजार र शहरको छेउछाउ यस्ता कृषिका तरकारी फार्महरु स्थापित हुने आधार बन्छ ।

सहयोग र हौसलाको खाचो :

वडामा बेर्ना बैंक जसले शुरु गर्नुहुन्छ उहाँलाई हौसला प्रदान गरौं । सके आफैंले गरौं । बेर्नाको मूल्य बढी भयो कहिल्यै नभनौं । उन्नत जातको स्तरीय बीऊ किन्दा धेरै नै महङ्गो पर्छ । यस्तो बीऊ विदेशबाट आयात हुन्छ । सस्तोमा बिक्री गर्न कमशल बीऊ किन्नु यो व्यावसायमा आत्मघाती कदम हुन्छ । यस्ता बिरुवा प्रति गोटा रु. पाँच, दश, बिस, तिसमा नै पाइन्छ । किनेर आपूmले लगाउँ, छिमेकी र आफन्तलाई उपहार दिउँ । छेउमा बेर्ना बैंक स्थापना भयो भने सम्झनुहोस् समाजमा तरकारी उत्पादनको बलियो आधार बन्यो ।

१२/१३ वर्ष लगाएर स्कूल पढाएका छोराछोरी एसईईमा राम्ररी सोचे जस्तो डिभिजनमा पास नहुन सक्छन् । १०÷२० रुपैयाँ हालेर किनेको बिरुवा तपाई हाम्रै गल्तीले हुर्कन सकेन भने बिक्री गर्नेलाई गाली पनि नगरुँ । बरु अर्को किनु र राम्ररी स्याहार गरुँ । पालिकाहरुले, वडाले, सहकारीले बेर्ना बैंक स्थापना गर्न चाहने मानिसलाई सजिलो बनाउन सुविधा दिउँ । हौसला प्रदान गरौं । एनएमसी पनि यो काममा सघाउन तयार छ ।

व्यवसायसगै सेवा पनि :

बेर्ना बैंकसँगै प्रविधि समाजमा भित्रिन्छ, जैविक मल, जैविक विषादी बनाउन र बिक्री गर्न सकिन्छ, । क्रमशः आफ्नो ठाउँ र सिजन अनुसारका अरु फलपूmलका बिरुवा उमार्न र समाजलाई आवश्यक परेको बिक्री गर्न सकिन्छ । बिरुवा बनाउन नमिल्ने साग, मुला, चुकन्दर, गाँजर आदिको स्तरीय बीऊ बिक्रीको आधार बन्न थाल्छ । समाजले नजिकैमा बीऊ र बिरुवा किन्न पाउँछन् । यो व्यवसाय गर्नेले व्यवसाय मात्रै होइन, ज्ञान आर्जन र समाजको ठूलो सेवा गरिरहेका हुनेछन् । केही समयमा नै उनलाई समाजले सम्झन थाल्नेछ । भेट हुँदा तपाईबाट लगेको बिरुवामा फल लाग्यो नि भनेर सुनाउँदा हुने खुशी पैसामा किन्न सकिँदैन । आपूmले बिक्री गरेका बिरुवाले आफ्नै समाजमा लटरम्म उत्पादन दिन थालेपछि हुने आनन्द र खुशीको अनुभूति गर्न पाइने छ । जसले जे सकिन्छ गरौं, काम शुरु गरेर, हौसला दिएर, किनिदिएर, सहयोग गरेर, बेर्ना बैङ्कलाई वडा–वडामा स्थापित गरौं । विषादीरहित, हरियो, ताजा तरकारी र सागसब्जी खाने आधार बनाऔं । पैसा बचाऔं, स्वस्थ बनौं । स्वस्थ्य समाज र समृद्धिको यात्रामा सहभागी बनौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here